इन्भेष्टमेन्ट बैंकको ‘थैली मोबाइल वालेट’ सार्वजनिक « Khabarhub

इन्भेष्टमेन्ट बैंकको ‘थैली मोबाइल वालेट’ सार्वजनिक


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल इन्भेस्टमेन्ट बैंकलले आफ्नै डिजिटल वालेट सेवा सुरु गरेको छ । बैंकले थैली नामको डिजिटल वालेट सेवा सुरु गरेको हो ।

थैली डिजिटल वालेट बैंकको मोबाइल वालेट एप्लिकेसन हो । जसले निशुल्क पैसा पाउन, पठाउन तथा ब्यालेन्स चेक गर्ने सुविधा दिन्छ ।

बैंकका अनुसार थैली मोबाइल बैंकिङ तथा वालेट एप हो । थैली डटकमडटएनपी लगइन गरेर पनि थैली चलाउन सकिन्छ ।

इन्भेष्टमेन्ट बैंकका ग्राहकहरुले थैली वालेटमा सोझै आफ्नो खाता लिंक गरी शुन्य शुल्कमा सेवा लिन सक्ने जनाएको छ। थैलीबाट विभिन्न प्रकारका मान्छेबाट मान्छे (पीटूपी) फन्ड ट्रान्फर, एजेन्ट नेटवर्कबाट क्यास इन वा आउट गर्न सक्ने सुविधा रहेको बताइएको छ।

थैली एपसँगै इन्भेष्टमेन्ट बैंकले नयाँ ऋण प्रडक्ट ‘थैली ओभरड्राफ्ट’ सेवा पनि सार्वजनिक गरेको जनाएको छ।

थैली ओभरड्राफ्टको प्रयोग गरी किराना पसल, मर्चेन्ट र साना तथा मझौला कम्पनीहरुलाई ऋण तथा ओभरड्राफ्ट सुविधा दिइने बैंकले जनाएको छ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ७ : ४३ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार