आइपीएलमा चेन्नइको पहिलो जित  « Khabarhub

आइपीएलमा चेन्नइको पहिलो जित 


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आइपील क्रिकेटमा चेन्नई सुपर किंग्सले पहिलो जित हात पारेको छ ।

शुक्रबार राति सम्पन्न खेलमा चेन्नईले पन्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो ।

१ सय ७ रनको झिनो विजयी लक्ष्य पछ्याएको चेन्नईले १५. ४ ओभरमा ४ विकेट गुमाउँदै जित हासिल गर्‍यो ।

चेन्नईका फाफ डु प्लेसिस ३३ बलमा ३ चौका र १ छक्का सहित ३६ रनको योगदान दिए । मोईन अली ३१ बलमा ७ चौका र १ छक्कासहित ४६ रनको योगदान दिए ।

पन्जाबका मोहम्मद शामीले २ विकेट लिए । अर्शदीप सिंह र मुरुगन आश्विनले १-१ विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियम मुम्बइमा टस हारेर पहिला ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो ।

पन्जाबका शाहरुख खानले ३६ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ४७ रनको योगदान दिए । झेय रिचर्डसनले २२ बलमा २ चौका सहित १५ रन बनाए । क्रिस गेल र दीपक हुडाले १०/१० रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाएनन् ।

चेन्नइका दीपक चाहरले ४ विकेट लिए ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ५ : ५५ बजे

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक

शान्ति वार्ताका लागि इरान र अमेरिकाका उच्च अधिकारीहरु पाकिस्तानमा

काठमाडौँ– अमेरिका र इरानबीच जारी करिब ६ हप्ता लामो युद्ध