एक प्रेरक प्रसङ्ग ‘शुकदेवको दीक्षा’ « Khabarhub

एक प्रेरक प्रसङ्ग ‘शुकदेवको दीक्षा’


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शुकदेवलाई उनका बुवाले महाराज जनककोमा गएर दीक्षा ग्रहण गर्न परामर्श दिए । बुवाको परामर्शअनुसार शुकदेव महाराज जनकको दरबारमा पुगे र दीक्षा प्रदान गर्न अनुरोध गरे ।

महाराज जनकले दीक्षा दिनुभन्दा अगाडि शुकदेवको परीक्षा लिँदै उनको हातमा दूधले भरिएको कचौरा दिए र भने— यो कचौरा हातमा लिएर मिथिला नगर घुमेर आउनू । तर ध्यान राख, कचौराबाट दूधको एक थोपा पनि झर्न नपाओस् ।

आज्ञाअनुसार शुकदेवले दूधको कचौरा होशियारपूर्वक समातेर मिथिला नगर घुमाएर आए । यो देखेर महाराज जनक एकदमै खुशी भए । उनले शुकदेवलाई सोधे— तिमीले मिथिला घुमेर आउँदा के के देख्यौ ?

शुकदेवले भने— महाराज, मैले मिथिला पूरै घुमेर आए पनि केही हेर्न सकिनँ । कसैगरी यो नपोखियोस् भनेर मेरो पूरा ध्यान दूधको कचौरामा थियो ।

महाराज जनकले भने— यही एकाग्रता योग हो । यसलाई जीवनभर सम्हालेर राख । यही मेरो दीक्षा हो ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

 

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ५ : २९ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा