अस्थिरता निम्त्याउनेहरूको प्रतिवाद गर्न उपप्रमको आग्रह | Khabarhub Khabarhub

अस्थिरता निम्त्याउनेहरूको प्रतिवाद गर्न उपप्रमको आग्रह


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक खिचातानी र सरकार ढाल्ने खेलले सरकारलाई काम गर्ने वातावरण नभएको बताएका छन् ।

हाँडीगाउँस्थित टुवालदेवी मन्दिर नजिकैको सत्तलको आज उद्घाटन गर्दै नेकपा (एमाले) का महासचिवसमेत रहेका उनले सरकार ढाल्ने खेल भइरहेकाले त्यसको खबरदारी र प्रतिवाद गर्न आह्वान गरे ।

कर्णाली प्रदेशमा एमालेकै सांसदले माओवादी केन्द्रका मुख्यमन्त्रीलाई विश्वासको मत दिएका प्रति लक्ष्य गर्दै पोखरेलले जालझेल गरेर सरकार ढाल्ने, अस्थिरता मच्चाउने र नयाँ बनाउने काम शुरु भए मुलुकका लागि दुर्भाग्य हुने बताए ।

उनले विकास निर्माणका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिए ।

काठमाडौँ क्षेत्र नं ५ (क) का प्रदेश सभा सदस्य नारायण सिलवालले निर्माण सम्पन्न भएको सत्तल ऐतिहासिक र महत्वपूर्ण रहेको बताए ।

नेकपा (एमाले) काठमाडौँ महानगरपालिका–५ का अध्यक्ष वीरेन्द्र प्रजापतिले ऐतिहासिक सम्पदालाई जगेर्ना गर्नुपर्नेमा जोड दिए ।

उक्त सत्तल सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाबाट रु ४८ लाख ४७ हजार बजेट विनियोजन गरिएको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  २ : १५ बजे

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं– काठमाडौँको बनस्थलीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आयोजना कटौती गरी एक खर्ब स्रोत जुटाउन सकिन्छ : अर्थमन्त्री खनाल

काठमाडौं– नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले राजनीतिक दबाबमा बजेटमा परेका, तयारी

कर्मचारीलाई अर्थमन्त्रीले भने : हामी सँच्चिनुको विकल्प छैन

काठमाडौँ- नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण

हराएका हतियार खोज्दै प्रहरी

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ‘जेन-जी पुस्ता’ले गरेको आन्दोलनका क्रममा