त्रिकोणात्मक टी–२० सिरिज : नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालको सानदार जित « Khabarhub

त्रिकोणात्मक टी–२० सिरिज : नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालको सानदार जित


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुशल भुर्तेल र आशिफ शेखले ११६ रनको कीर्तिमानी साझेदारी निर्वाह गरेपछि त्रिकोणात्मक अन्तराष्ट्रिय टी–२० सिरिजको पहिलो खेलमा नेपालले सानदार जित हासिल गरेको छ । नेपालले नेदरल्याण्ड्सलाई नौ विकेटले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । पहिला ब्याटिङ गर्दै नेदरल्याण्ड्सले निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाउँदै १३६ रन बनायो ।

एक सय ३७ रनको विजयी लक्ष्य नेपालले १५ ओभरमा एक विकेट गुमाउँदै १४१ रन बनायो । नेपालका लागि प्रारम्भिक ब्याटस्म्यान कुशल भुर्तेलले अद्र्धशतकीय पारी खेले । उनले ४६ बलमा पाँच छक्का र पाँच चौकाको मद्दतमा ६२ रनको योगदान दिए । यस्तै आशिफ शेखले अविजित ५४ रन बनाए । उनले ३८ बल खेल्ने क्रममा चार छक्का र चार चौका प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्लले अविजित १३ रन बनाए ।

बलिङतर्फ नेदरल्याण्ड्सका जुलियन डे मेइले एक विकेट लिए । यसअघि नेदरल्याण्डस्का लागि बासडी लीडेले सर्वाधिक ४१ रन बनाएका थिए । यस्तै स्कट इड्रवासले ३०, कप्तान पिटर सिलारले अविजित २२, एनोनियस स्टालले अविजित २० तथा म्याक्स ओदाउदले १० रन बनाएका थिए । नेदरल्यान्ड्ले तेस्रो ओभरमा १२ रन बनाएको अवस्थामा पहिलो विकेट गुमाएको थियो ।

सन्दीप लामिछानेले आफ्नो दोस्रो ओभरको अन्तिम बलमा नेदरल्यान्ड्सका म्याक्स ओ डोवडलाई पेभेलियन फर्काएका थिए ।

नेदरल्यान्ड्सको दोस्रो विकेट सोमपाल कामीले लिए । उनले बेन कोपरलाई बिना कुनै रन पेभेलियन फर्काएका थिए । खेलको १४औँ ओभरको पाँचौँ बलमा नेदरल्यान्ड्सका इड्वार्डलाई साहब आलमले मैदान बाहिर पठाए । खेलको १७औँ ओभरमा नेदरल्यान्ड्सका बास डे लिडे पेभेलियन फर्किए ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र साहब आलमले एक–एक विकेट लिए । लामिछानेले चार ओभर बलिङ गर्दै २२ रन खर्चिए । यस्तै कामीले चार ओभरमा मात्र १३ रन खर्चिए । करण केसीले चार ओभरमा २२ रन खर्चिए भने अभिनाष बोहराले चार ओभरमा २५ रन खर्चिए पनि विकेट लिन सकेनन् ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ६ : ४८ बजे

रवि र उनका साझेदारका दुई मुद्दा फिर्ताको निर्णय लिँदा भेटिएका नयाँ प्रमाण झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति

सुदूरपश्चिमबाट राष्ट्रिय सभामा एमालेकी भण्डारी र कांग्रेसका खाती विजयी

धनगढी– सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले)की लीला कुमारी

रोशनीपछि दलित कोटाबाट एमालेका पोर्तेल पनि राष्ट्रिय सभामा विजयी

विराटनगर- कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि नेकपा एमालेका २ र

ओलीको सचिवालयबाट राष्ट्रिय सभाको यात्रा तय गरिन् रोशनी मेचेले

काठमाडौं- राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट रोशनी मेचे निर्वाचित भएकी

कर्णालीबाट राष्ट्रिय सभामा ललितजंग र मीनासिंह विजयी

काठमाडौं- कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस र नेकपा