बङ्गलादेशमा लगातार दोस्रो दिन पनि १०० भन्दा बढी कोभिड–१९ सङ्क्रमितको मृत्यु « Khabarhub

बङ्गलादेशमा लगातार दोस्रो दिन पनि १०० भन्दा बढी कोभिड–१९ सङ्क्रमितको मृत्यु


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बङ्गलादेशले शनिबार कोभिड–१९ बाट १०१ जनाको मृत्यु भएको जानकारी गराएको छ । बङ्गलादेशमा लगातार दोस्रो दिन कोभिड–१९ सङ्क्रमित १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र यसलाई सरकारी अधिकारीले महामारीको दोस्रो लहरका कारण आएको सङ्कटपूर्ण अवस्था भनेका छन् ।

बङ्गलादेशको स्वास्थ्य सेवा महा निर्देशनालयका अनुसार शनिबार तीन हजार ४७३ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यससँगै अहिलेसम्म बङ्गलादेशमा कूल सङ्क्रमितको सङ्ख्या बढेर सात लाख १५ हजार २५२ पुगेको छ ।

आधिकारिक तथ्याङ्कले देखाएअनुसार बङ्गलादेशभरि गत २४ घण्टामा १६ हजार १८५ नमूनाहरू परीक्षण गरिएको थियो ।

निर्देशनालयका अनुसार बङ्गलादेशमा अहिलेसम्म कोभिड–१९सङ्क्रमण भई निको हुनेको सङ्ख्या छ लाख आठ हजार ८१५ पुगेको छ । यहाँ शनिबार निको हुनेको सङ्ख्या पाँच हजार ९०७ रहेको बताइएको छ ।

आधिकारिक तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको मृत्यु दर अहिलसम्म ८५.१२ प्रतिशत कायम रहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ७ : ३४ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको