बङ्गलादेशमा लगातार दोस्रो दिन पनि १०० भन्दा बढी कोभिड–१९ सङ्क्रमितको मृत्यु « Khabarhub

बङ्गलादेशमा लगातार दोस्रो दिन पनि १०० भन्दा बढी कोभिड–१९ सङ्क्रमितको मृत्यु


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बङ्गलादेशले शनिबार कोभिड–१९ बाट १०१ जनाको मृत्यु भएको जानकारी गराएको छ । बङ्गलादेशमा लगातार दोस्रो दिन कोभिड–१९ सङ्क्रमित १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र यसलाई सरकारी अधिकारीले महामारीको दोस्रो लहरका कारण आएको सङ्कटपूर्ण अवस्था भनेका छन् ।

बङ्गलादेशको स्वास्थ्य सेवा महा निर्देशनालयका अनुसार शनिबार तीन हजार ४७३ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यससँगै अहिलेसम्म बङ्गलादेशमा कूल सङ्क्रमितको सङ्ख्या बढेर सात लाख १५ हजार २५२ पुगेको छ ।

आधिकारिक तथ्याङ्कले देखाएअनुसार बङ्गलादेशभरि गत २४ घण्टामा १६ हजार १८५ नमूनाहरू परीक्षण गरिएको थियो ।

निर्देशनालयका अनुसार बङ्गलादेशमा अहिलेसम्म कोभिड–१९सङ्क्रमण भई निको हुनेको सङ्ख्या छ लाख आठ हजार ८१५ पुगेको छ । यहाँ शनिबार निको हुनेको सङ्ख्या पाँच हजार ९०७ रहेको बताइएको छ ।

आधिकारिक तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको मृत्यु दर अहिलसम्म ८५.१२ प्रतिशत कायम रहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ७ : ३४ बजे

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

काठमाडौं – नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा

तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत

तनहुँ – यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना