सेतो पानी बग्ने समस्याको यस्तो छ घरेलु उपचार « Khabarhub

सेतो पानी बग्ने समस्याको यस्तो छ घरेलु उपचार


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

आफ्नो परिवारको खुसीका लागि चुपचाप कष्ट सहेर बस्ने प्रायः नेपाली महिलाहरुको स्वभाव हुन्छ ।

आफू स्वयम् पीडामा रही सदैव श्रीमान, सन्तान एवम् परिवारजनको सेवामा तत्पर रहनु, उनीहरुको खानपान, स्वास्थ्य एवं नियमित व्यायाममा ध्यान राख्नु महिलाहरुको प्राकृतिक स्वभाव जस्तै बनेको छ ।

जसका कारण महिलाहरुमा विशेषतः शारीरिक अङ्गहरुमा खराबी, रगत बग्नु, योनी रोग, स्तनरोग, मासिक धर्म रोग, गर्भपीडा आदि जस्ता रोगहरुले जन्म लिन्छन् ।

अधिकांश महिलाहरुको मानसिक एवं शारीरिक समस्याको रुपमा रहेको सेतो पानी बग्ने रोगको घरैमा पनि उपचार गर्न सकिन्छ जुन घरेलु उपचार विधि निम्नानुसार रहेको छ ।

१. अमलाको धुलो र सेतो जिराको धुलो बराबर मात्रामा मिलाई १ चम्चा धुलो बेलुका सुत्ने समयमा चिसो पानीसँग खानाले सेतो पानी बग्न छाड्छ ।

२. मुलाको रसको सेवन सेतो पानी बग्ने समस्या भएका महिलाहरुको लागि लाभदायक हुन्छ ।

३. ५० ग्राम माजुफललाई पिसेर ३ ग्रामका दरले दिनमा दुईपटक पानीसँग खानाले सेतो पानी बग्न छाड्छ ।

४. भिण्डीको सुकेको जरा १०० ग्राम, सुकेको पिडालु १० ग्राम दुवैलाई पिसेर कपडाले छान्नुहोस् । ६/६ ग्राम मिश्री मिलाई ३ हप्तासम्म नियमित खानाले सेतो पानी बग्न छाड्छ ।

५. शिवलिङ्गीको बिउको धुलो २ ग्राम, किसमिस १० ग्राम तथा भुटेको चनाको धुलो १० ग्राम मिलाई १० दिनसम्म खानाले सेतो पानी बग्ने समस्या भाग्दछ । यो औषधी बिहान खाना खानुभन्दा अगाडि लिनु जरुरी हुन्छ ।

६. १/१ वटा पाकेको केरा बिहानसाँझ घ्यूसँग २ हप्तासम्म खानाले सेतो पानी बग्ने समस्या हट्छ ।

७. बाख्राको दुधको सेवन सेतो पानी बग्ने बिरामीका लागि अत्यन्त लाभदायक मानिन्छ ।

साभारः मेरो डाक्टर पुस्तकबाट

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ५ : १२ बजे

बकैयामा २९ टन खरबुजा उत्पादन

मकवानपुर– बाग्लुङको काठेखोला गाउँपालिका–२ मा स्थायी घर भई हाल काठमाडौँ महापालिका–२६

अमेरिकी राष्ट्रपति ट्रम्प र इराकी प्रधानमन्त्री जैदीबीच भेटवार्ता हुने : दूतावास

वाशिङ्टन- आगमाी जुलाईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री

बजेट कार्यान्वयनमा कुनै समस्या आउँदैन : मन्त्री लिङ्थेप

काठमाडौं– कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुर कुमार लिङ्थेपले

ट्राफिक नियम उल्लङ्घनमा कडाइ गर्न ५ हजारदेखि ५० हजारसम्म जरिवानाको प्रस्ताव

काठमाडौं– पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक नियम उल्लङ्घनमा

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन स्थल फेरियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल