आजको मौसम : देशभर आंशिक बदली, पहाडी भेगमा वर्षाको सम्भावना « Khabarhub

आजको मौसम : देशभर आंशिक बदली, पहाडी भेगमा वर्षाको सम्भावना


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले आज दिउँसो देशका पहाडी भेगमा वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो र राति पहाडी भेगका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मंगलबार र बुधबार पनि देशका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले बिहान जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

जेठ ३ गते (सोमबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर  सामान्य बदली रही देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

जेठ ४ गने (मंगलबार)

दिउँसो: देशभर सामान्य बदली रहनेछ । देशका प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

जेठ ५ गने (बुधबार)

दिउँसो: देशभर सामान्य बदली रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका  केही र प्रदेश १ तथा प्रदेश २ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्य बदली रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका  केही र प्रदेश १ तथा प्रदेश २ का  थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ६ : ५५ बजे

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

म्याग्दी– पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति

पर्यटकको रोजाइमा सुनसरीको रास ताल

सुनसरी– सुनसरीमा दर्जनौँ ताल तथा सिमसार क्षेत्र छन् । तर

छोटकरीमा बुझ्नुहोस् बालेन सरकारका सय प्राथमिकताको सूची

काठमाडौँ – नेपाल सरकारले शासकीय सुधारलाई तीव्र बनाउने उद्देश्यसहित १००

भोजपुरका किसान चैतेधान रोप्नमा व्यस्त

भोजपुर– भोजपुरका ग्रामीण भेगका किसान यतिबेला चैतेधान रोप्नमा व्यस्त छन्