मदन भण्डारी प्रगतिशील राष्ट्रवादका संवाहक : प्रधानमन्त्री ओली « Khabarhub

मदन भण्डारी प्रगतिशील राष्ट्रवादका संवाहक : प्रधानमन्त्री ओली


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीलाई प्रगतिशील राष्ट्रवादका संवाहकको रूपमा स्मरण गरेका छन् ।

२८औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले नेपालको राष्ट्रिय हित रक्षाका लागि भण्डारीले अविचलित अडान राख्दै राष्ट्रियताको आन्दोलनलाई सही ढङ्गले परिभाषित गरेको उल्लेख गरेका छन् ।

भण्डारीका तिनै अडान र मान्यताहरु राष्ट्रिय हितको रक्षाका लागि आज पनि उत्तिकै सान्दर्भिक र मार्गदर्शक रहेको ओलीले उल्लेख गरेका छन्।

भण्डारीलाई ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनको धरोहरको रूपमा समेत चित्रित गरेका छन् ।

‘मदन भण्डारी नेपालको लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण धरोहर हुनुहुन्थ्यो । तत्कालीन नेकपा (माले) लाई शान्तिपूर्ण आन्दोलनको अग्रणी शक्तिका रुपमा स्थापित गर्दै उहाँले त्यतिबेलाको शक्ति सन्तुलनका आधारमा आन्दोलनको उपयुक्त लक्ष्य, कार्यदिशा र नारा तय गर्न अगुवाइ गर्नुभयो,’ ओलीले वक्तव्यमा भनेका छन्, ‘संयुक्त वाम मोर्चा गठन गर्न पहल गर्नुभयो । एवं, नेपाली काङ्ग्रेसलाई संयुक्त जनआन्दोलनका लागि सहमत गराउन निर्णायक भूमिका खेल्नुभयो।’

भण्डारीले प्रतिबादन गरेको ‘जनताको बहुदलीय जनवाद’ (जबज) आज नेपाली क्रान्तिको सिद्धान्तका रुपमा स्थापित भएको ओलीले बताएका छन् ।

‘जबजले लोकतन्त्रलाई सामाजिक न्यायसँग जोड्न, कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरण गर्न एवं प्रतिकूलताका बीचमा पनि नेपाली कम्युनिष्ट आन्दोलनलाई सही दिशामा अगाडि बढाउन सफल मार्गदर्शन गरिरहेको छ,’ ओलीले वक्तव्यमार्फत भनेका छन् ।

हेर्नहोस् ओलीले जारी गरेको वक्तव्य

 

मदन–आश्रित स्मृति दिवसको अवसरमा मदननगर बल्खुमा एमालेले स्मृति दिवस समारोहसमेत गरेको छ । सो कार्यक्रममा  धानमन्त्री ओली र केही स्थायी कमिटी सदस्यहरुको उपस्थिति रहेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा परी निधन भएको थियो ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ८ : २५ बजे

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर– वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी– बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ ।

हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

राँझा– नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गका साँघुरा पुललाई चार लेनमा विस्तार गरिने