मदन भण्डारी प्रगतिशील राष्ट्रवादका संवाहक : प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

मदन भण्डारी प्रगतिशील राष्ट्रवादका संवाहक : प्रधानमन्त्री ओली


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीलाई प्रगतिशील राष्ट्रवादका संवाहकको रूपमा स्मरण गरेका छन् ।

२८औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले नेपालको राष्ट्रिय हित रक्षाका लागि भण्डारीले अविचलित अडान राख्दै राष्ट्रियताको आन्दोलनलाई सही ढङ्गले परिभाषित गरेको उल्लेख गरेका छन् ।

भण्डारीका तिनै अडान र मान्यताहरु राष्ट्रिय हितको रक्षाका लागि आज पनि उत्तिकै सान्दर्भिक र मार्गदर्शक रहेको ओलीले उल्लेख गरेका छन्।

भण्डारीलाई ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनको धरोहरको रूपमा समेत चित्रित गरेका छन् ।

‘मदन भण्डारी नेपालको लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण धरोहर हुनुहुन्थ्यो । तत्कालीन नेकपा (माले) लाई शान्तिपूर्ण आन्दोलनको अग्रणी शक्तिका रुपमा स्थापित गर्दै उहाँले त्यतिबेलाको शक्ति सन्तुलनका आधारमा आन्दोलनको उपयुक्त लक्ष्य, कार्यदिशा र नारा तय गर्न अगुवाइ गर्नुभयो,’ ओलीले वक्तव्यमा भनेका छन्, ‘संयुक्त वाम मोर्चा गठन गर्न पहल गर्नुभयो । एवं, नेपाली काङ्ग्रेसलाई संयुक्त जनआन्दोलनका लागि सहमत गराउन निर्णायक भूमिका खेल्नुभयो।’

भण्डारीले प्रतिबादन गरेको ‘जनताको बहुदलीय जनवाद’ (जबज) आज नेपाली क्रान्तिको सिद्धान्तका रुपमा स्थापित भएको ओलीले बताएका छन् ।

‘जबजले लोकतन्त्रलाई सामाजिक न्यायसँग जोड्न, कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरण गर्न एवं प्रतिकूलताका बीचमा पनि नेपाली कम्युनिष्ट आन्दोलनलाई सही दिशामा अगाडि बढाउन सफल मार्गदर्शन गरिरहेको छ,’ ओलीले वक्तव्यमार्फत भनेका छन् ।

हेर्नहोस् ओलीले जारी गरेको वक्तव्य

 

मदन–आश्रित स्मृति दिवसको अवसरमा मदननगर बल्खुमा एमालेले स्मृति दिवस समारोहसमेत गरेको छ । सो कार्यक्रममा  धानमन्त्री ओली र केही स्थायी कमिटी सदस्यहरुको उपस्थिति रहेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा परी निधन भएको थियो ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ८ : २५ बजे

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १३७ मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा

विश्व एक्वेटिक्समा चार पौडी खेलाडी

काठमाडौं – सिङ्गापुरमा आयोजना हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट चार

एडीबीको सहयोगमा बन्ने घट्टेखोला–धम्पुस–खानी गाउँ सडक शिलान्यास

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुस पुग्ने प्रमुख

साताका समाचार : एमालेले छेक्यो विद्या भण्डारीलाई, तराई-मधेशमा चर्को खडेरी र युद्धमा उत्रिए थाइल्याण्ड र कम्बोडिया

पूर्वराष्ट्रपति भण्डारीको चेतावनी : मेरो सदस्यता केही मुठ्ठीभरहरूले रोक्न सक्दैनन्