सुकृतिलाई ‘ब्लूमक्विस्ट वर्ष पुरस्कार’ « Khabarhub

सुकृतिलाई ‘ब्लूमक्विस्ट वर्ष पुरस्कार’


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कथा संग्रह ‘सत्र पुष्प पत्रहरु’की लेखिका सुकृति शर्मालाई ‘ब्लूमक्विस्ट २०२१ वर्ष पुरस्कार’ प्रदान गरिएको छ । यो पुरस्कारको राशी ५ लाख ८४ हजार रुपैंयाँ छ ।

शर्मालाई ब्लूमक्विस्ट पारिवारिक छात्रवृत्ति कोषले यो पुरस्कार प्रदान गरेको हो । परिवार, विद्यालय र सामाजिक क्षेत्रमा योगदान गरेका फेयरफ्याक्स काउन्टी स्कूलअन्तर्गतका उत्कृष्ट बिद्यार्थीहरु मध्येबाट छानिने एक विद्यार्थीलाई वार्षिक रुपमा प्रदान गरिने उक्त पुरस्कारको राशी ५ हजार डलर छ ।

ब्लूमक्विस्ट पारिवारिक प्रतिष्ठानले धेरै लामो समय देखि कलेज एक्सेस फेयरफ्याक्सः ओपनिङ डोर टु द फ्युचर’ नामक संस्थामार्फत उक्त पुरस्कार प्रदान गर्दै आइरहेको कलेजद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

सुकृतिले आफ्नो भाई साइमनसँग मिलेर कथासंग्रह ‘सत्र पुष्प पत्रहरु’ लेखेकी हुन् । यो कथा संग्रह अमाजनमार्फत बिक्री भइरहेको छ ।

उक्त पुस्तकलाई फेयरफ्याक्स काउन्टी पुस्तकालयले पाठक सदस्यहरुलाई अध्ययनका लागि आफ्ना सबै २३ वटा शाखामा उपलब्ध गराएको छ ।

उक्त पुस्तकबाट उठेको रकम नेपाल र लेबनान स्थित शरणार्थी शिविरहरूमा रहेका बालबालिकाहरूको स्वास्थ्य सेवाका लागि जाने गरेको कुरा सुकृतिले बताइन् ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ११ : २५ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी