अक्सिजन अभावले उपचारमा समस्या « Khabarhub

अक्सिजन अभावले उपचारमा समस्या


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती–मकवानपुरमा एउटा पनि व्यावसायिक रुपमा अक्सिजन उत्पादन गर्ने उद्योग नहुँदा जिल्लामा आवश्यक अक्सिजन आपूर्तिमा समस्या देखिएको छ । जिल्लाभित्र अक्सिजन उद्योग नहुँदा बाहिरी जिल्लाबाट अक्सिजन सिलिन्डर भरेर ल्याउन झन् समस्या हुँदै आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लामा सहजै रुपमा मागअनुसार पर्याप्त मात्रामा अक्सिजन आपूर्तिमा अभाव हुँदा जिल्लाका विभिन्न अस्पतालमा कोभिड–१९ सङ्क्रमित बिरामीको उपचारमा समस्या हुँदै आएको हो । वाग्मती प्रदेशको हेटौँडा अस्पतालसहित हेटौँडा उपमहानगरपालिका–१, भिन्तुनापथस्थित मकवानपुर सहकारी अस्पताल र थानाभ¥याङस्थित चुरेहिल हस्पिटलले कोभिड–१९ बिरामीको उपचार गर्दै आइरहेका छन् । यद्यपि सबै स्वास्थ्य संस्थाले आवश्यकताअनुसार सहजै रुपमा अक्सिजन व्यवस्थापन नभएको भन्दै थप बिरामी उपचार गर्न कठिनाइ हुने जनाउँदै आएका छन् ।

अन्य जिल्लाका अक्सिजन उद्योगको भरपर्नुपर्ने अवस्थाका कारण जिल्लामा सहज आपूर्ति नहुँदा बिरामीको उपचारसमेत समस्या हँुदै आएको हेटौँडा अस्पताल व्यवस्थापन समितीका सदस्य सुपेन्द्र कार्कीले जानकारी दिए । आजको अवस्थामा तीनवटा स्वास्थ्य संस्थामा दैनिक रुपमा २५० अक्सिजन सिलिन्डर आवश्यकता पर्ने गरे पनि हाल दैनिक २१० सिलिन्डर मात्र प्राप्त हुँदै आएको छ । बिरामीको सङ्ख्या बढ्दै जाँदा झन् अक्सिजनको माग बढी हुँदै जाने भएकाले जिल्लामा अक्सिजन अभावको समस्या बढ्दै गएको अस्पताल व्यवस्थापन समितिका सदस्य कार्कीले जानकारी दिए ।

कोभिड–१९ का बिरामी उपचार गर्दै आएका तीनवटा स्वास्थ्य संस्थाका अनुसार हाल प्राप्त अक्सिजन सिलिन्डरका आधारमा उपचार गराइरहेका बिरामीलाई धान्नै मुस्किल परेको अस्पतालले जनाएका छन् । हाल हेटौँडा अस्पतालसहित अन्य निजी दुईवटा अस्पतालमा करीब २५० सिलिन्डर माग हुँदै आए पनि करीब २१० मात्र सिलिन्डर व्यस्थापन हुँदै आएको र थप सिलिन्डर व्यस्थापनका लागि आवश्यक पहल भइरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिए ।

अक्सिजन उद्योग मकवानपुरमा नभएकै कारण खाली सिलिन्डर लिएर बारा, चितवन, नुवाकोट, विराटनगरलगायतका जिल्लामा भर्न जानुपर्ने बाध्यता छ । कोभिड–१९ का बिरामीलाई मकवानपुरका स्वास्थ्य संस्थामा चाहिने अक्सिजन चितवन, पूर्वी नवलपरासी, बारा, पर्सालगायत जिल्लामा रहेका उद्योगबाट हुँदै आएको अक्सिजन आपूर्ति पर्याप्त छैन ।

वाग्मती प्रदेशको राजधानी हेटौँडामा निजी क्षेत्रबाट सञ्चालित चुरेहिल हस्पिटल प्रालि र मकवानपुर सहकारी अस्पतालले कोभिड–१९ का बिरामीको उपचार गर्न नसक्ने जानकारी गराएका छन् । दुवैले संयुक्त प्रेस विज्ञप्ति निकाल्दै कोभिड सङ्क्रमितको सङ्ख्या बढ्नु र अक्सिजनको सिलिन्डर अभाव भएकाले उपचार गर्न नसक्ने जनाएको हो ।

चुरेहिल हस्पिटल प्रालि र मकवानपुर सहकारी अस्पतालले क्रमशः १० र २० श्यया गरी ३० श्ययाको सेवासहितको कोभिड–१९ का बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएका थिए । विगत एक–दुई दिनदेखि बाहिरी जिल्लाबाट हेटाँैडामा खपत हुने आवश्यकताअनुसार अक्सिजन सिलिन्डर आउन छोडेकाले कोभिडका बिरामीको उपचारमा समस्या उत्पन्न भएको छ । दुईवटा अस्पतालमा ३० श्ययाको एचडियु सेवासहितको कोभिड उपचार गरी आइरहेको र अक्सिजनको सिलिन्डर आपूर्ति नभएकाले उपचार गर्न नसक्ने विज्ञप्तिमार्फत सबैलाई जानकारी गराइएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  २ : २० बजे

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर– वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी– बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ ।