पारुले ल्याइन् ‘तिम्रो तृष्णा’ | Khabarhub Khabarhub

पारुले ल्याइन् ‘तिम्रो तृष्णा’


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक दशकपछि गायिका पारु राई ‘तिम्रो तृष्णा’ बोलको गीत लिएर श्रोता र दर्शकमाझ आएका छन् । एक दशकअघि उनले ‘प्यास’ नामक एलबम बजारमा ल्याएकी थिइन् ।

गीत ‘तिम्रो तृष्णा’मा उनलाई ‘भ्वाइस अफ नेपाल’का फाइनलिष्ट विकास लिम्बुले साथ दिएका छन् ।

गीतमा पारुकै शब्द तथा ताराप्रकाश लिम्बुको संगीत छ । यूके र नेपालका विभिन्न सुन्दर तथा रमणीय ठाउँमा छायांकन गरिएको भिडियोमा मण्डल थेवे, पारु राई, विकास लिम्बु र वृक्षा लिम्बु फिचर्ड छन् ।

भिडियोमा कुशल श्रेष्ठको छांयाकन, सम्पादन एवं निर्देशन भने नेपालतिरको निर्देशन सुरज तामाङले गरेका हुन् ।

भिडियोमा विपना गुरुङको मेकअप, आशीष श्रेष्ठको सह–छायांकन र नवीन निरौलाको रंग संयोजन छ ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ५ : ४० बजे

बिहीबारदेखि शनिबारसम्म बागमती, मधेश र कोशी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ- बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आगामी बिहीबारदेखि

मनास्लु क्षेत्रमा करु काट्ने सिजन सुरु

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा प्रमुख बाली करु भित्र्याउने सिजन

मकालु आधार शिविर क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सचेत रहन आग्रह

किमाथाङ्का, (सङ्खुवासभा)- सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले

कास्की प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा १८ जना पक्राउ

पोखरा- जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरू

फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की

मकवानपुर– जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि