जसपाका चार सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश | Khabarhub Khabarhub

जसपाका चार सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका जनता समाजवादी पार्टीका ४ सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जसपाका चार सांसदलाई पदमुक्त गर्ने लुम्बिनी प्रदेशसभाका सभामुखको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

जसपाका सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले दायर गरेको रिटमा सुनुवाई गर्दै उनीहरुलाई सांसद पदबाट पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेशमा उल्लेख छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिँदै मन्त्रीमा नियुक्त भएका चार जनालाई जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले अनुशासनको कारवाही गर्दै पदमुक्त गर्न सभामुखलाई पत्र पठाएको थियो । सोही आधारमा सभामुखले पद मुक्त गरेपछि चार नेता सर्वोच्च पुगेका थिए । जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले भने उनीहरूलाई कारवाही गरिएकोमा आपत्ति जनाएको थियो ।

यस्तो छ आदेश

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ७ : २९ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र