सोमालियामा अल सेबाबका ९ लडाकू मारिए « Khabarhub

सोमालियामा अल सेबाबका ९ लडाकू मारिए


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोगादिसु(सिन्ह्वा)- सोमालियामा यहाँको सेनाले गरेको कहारबाहीमा कम्तीमा पनि नौ जना सशस्त्र लडाकू मारिएका छन् ।

सैन्य अधिकारीहरुले दिएको जानकारीअनुसार सोमालियाको मध्य भागमा रहेको एक प्रान्तमा सेनाले गरेको कारबाहीमा परेर अल सेबाब विद्रोही समूहका नौ जना लडाकू मारिएका हुन् ।

सोमालियको मध्य प्रान्त साबेलेमा राष्ट्रिय सेनाले विद्रोहीका विरुद्धमा कारबाही गरेको थियो । सो कारबाहीमा परेर नौ जनाको ज्यान गएको छ भने अरु केही घाइते भएका छन् ।

सोमालियामा केही दिनमात्र अघि पनि नमाम भन्ने नगरमा भएको अर्का एक कारबाहीमा परेर १७ जना विद्रोही मारिएका थिए । ती क्षेत्रमा लामो समयदेखि अल सेबाबका लडाकूहरुले हतियार लुकाएर राखेका र हिंसात्मक गतिविधि गर्ने गरेको सूचना सेनाले पाएको जनाएको थियो । त्यस सूचनाका आधारमा यहाँको सेनाले ती क्षेत्रमा केही दिनदेखि कारबाही पनि जारी राखेको थियो ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ६ : ५० बजे

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको

तीन दिनसम्म वर्षाको सम्भावना, लगातार झरी नपर्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म वर्षाको सम्भावना

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने