युरोकपमा आज पनि तीन खेल, क-कसको भिडन्त ?   | Khabarhub Khabarhub

युरोकपमा आज पनि तीन खेल, क-कसको भिडन्त ?  


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोप फुटबलमा आज पनि तीन खेल हुँदैछन् ।

समूह चरण अन्तर्गत आज समूह ‘सी’ को दुई खेल र समूह ‘बी’ को एक खेल हुनेछ ।

आज हुने पहिलो खेलमा युक्रेन र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ६:४५ बजे सुरु हुनेछ । युक्रेन र म्यासेडोनिया दुबै टोली पहिलो जित निकाल्ने योजनामा छन् । पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३-२ गोले पराजित भएको थियो भने  नर्थ म्यासेडोनिया अष्ट्रियासँग ३-१ ले पराजित भएको थियो ।

आजै हुने दोस्रो खेलमा बेल्जियम र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ बेल्जियम र डेनमार्कबीचको खेल राति ९:४५ बजे हुनेछ । बेल्जियम आज लगातार दोस्रो जित निकाल्ने योजनामा रहँदा डेनमार्क पहिलो जित खोजीमा हुनेछ ।

पहिलो खेलमा बेल्जियमले रुसलाई ३-० ले हराएको थियो भने डेनमार्क फिनल्याण्डसँग १-० ले पराजित भएको थियो ।

आजको तेस्रो खेलमा नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘सी’ मा रहेका दुई टिमबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

नेदरल्यान्ड्स र अष्ट्रिया दुबै लगातार दोस्रो जित निकाल्ने योजनामा छन् । समूहको शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३-२ ले हराएको थियो ।

पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३-१ ले हराएको थियो ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ७ : २० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर