भन्सार छलीका सामानसहित दुई जना पक्राउ « Khabarhub

भन्सार छलीका सामानसहित दुई जना पक्राउ


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- ८२ लाख रूपैयाँ बराबरको भन्सार छलीका सामानसहित सशस्त्र प्रहरीको टोलीले कपिलवस्तुबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  भारतको वरीयातपुर कुशिनगर बस्ने वर्ष ३४ को सन्जय कुमार कुशवाह र वर्ष २४ को अंगद कुमार कुशवाह रहेका छन् ।

कपिलवस्तुको कृष्णनगर नाकाबाट भन्सार नगरी ८२ लाख बराबरको छड बनाउने कच्चा पदार्थ बोकेको गाडी नेपाल भित्रिएपछि उनिहरुलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल २८ नम्बर हेड क्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धुव्रबहादुर कार्कीका अनुसार विशेष सूचनाका आधारमा विओपी कृष्णनगरले कृष्णनगर नगरपालिका–२ मा रहेको चेक पोइन्टमा पक्राउ गरिएको हो ।

बरामद सामानबारे भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  १० : २० बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि