चुम्बन सार्वजनिक गर्न नडराउने यी कलाकार « Khabarhub

चुम्बन सार्वजनिक गर्न नडराउने यी कलाकार


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउडका फिल्ममा प्रायः अभिनेता र अभिनेत्रीलाई सार्वजनिक स्थानमा आफ्नो प्रेम व्यक्त गरेको देख्न सकिन्छ । तर बलिउडका यस्ता केही कलाकार छन्, जसले वास्तविक जीवनमै आफ्नो पार्टनरसँग सार्वजनिक ठाउँमा ‘चुम्बन’ गरेर प्रेमभाव व्यक्त गरेका छन् ।

बलिउडका ‘नवाब’ सैफ अली खान र करीना कपूर खानको प्रेमकथाबारे जोकोही जानकार छन् । उनीहरु एकापसलाई गहिरो प्रेम गर्छन् भन्ने पनि सबैलाई थाहा छ ।

करीनाको जन्मदिनमा उनलाई चुम्बन गरेर सैफले शुभकामना दिएका थिए । जुन झलक उनले सामाजिक सञ्जालमा राखेका थिए ।

विवाहको केही दिनमा नै अभिनेत्री सोनम कपुरले पति आनन्द आहूजालाई चुम्बन गर्दै गरेको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।

क्रिकेटर हार्दिक पाण्डेय र उनकी पत्नी नताशा प्रायः प्रेमालापका कारण चर्चामा आउछन् । नताशालाई हार्दिकले घुँडा टेकेर प्रेम प्रस्ताव राख्दा नताशाले चुम्बन गरेर प्रेम स्वीकारेकी थिइन् ।

अभिनेत्री विपाशा बसु र अभिनेता करण सिंह ग्रोवरको प्रेम पनि कतै लुकेको छैन । उनीहरु प्राय सार्वजनिक स्थानमा चुम्बन गरेका तस्वीरहरु सामाजिक सञ्जालमा पोस्ट गरिरहन्छन् ।

अभिनेत्री सनी लियोनी र पनि डेनियल वेबरको प्रेम पनि कमको छैन । उनीहरु प्रायः रोमान्टिक फ्लेभरका तस्वीर सामाजिक सञ्जालमा राखिरहन्छन् ।

अभिनेता रणवीर सिंह र उनकी अभिनेत्री पत्नी दीपिकाको प्रेम पनि लुकेको छैन । सन् २०१९ मा रणवीरले दीपिकाको हातबाट अवार्ड लिँदा रणवीरले घुँडा टेकेर ‘धन्यवाद’ व्यक्त गरेका थिए । त्यही समयमा दीपिकाले रणवीरको ओठमा चुम्बन गरेकी थिइन् ।

अभिनेत्री प्रियंका चोपडाले पनि निक जोनाससँग क्रिश्चियन शैलीमा विवाह गर्दा उनलाई चुम्बन गरेकी थिइन् । अभिनेता आमिर खानले आफ्नो जन्मदिनमा मिडियामाझ केक काटे र पत्नी किरण रावलाई चुम्बन गरेका थिए ।

अभिनेता शाहिद कपूर पनि पत्नी मिरा राजपूतलाई चुम्बन गर्दै गरेका तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरिरहन्छन् ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ११ : ३० बजे

एमाले नेता मल्लबाट बलात्कृत खत्री भन्छिन्- योभन्दा बढी बर्बाद हुन बाँकी के छ र ?

काठमाडौं- सरकारले केही समयअघि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी

मत्स्यपालक किसानका समस्या समाधान गर्न छलफल

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले मत्स्य पालक किसानका

इस्लामावादमा उच्च सुरक्षा सतर्कता, इरान-अमेरिका वार्ता भोलि

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ

प्रतिनिधि सभाका १० वटा विषयगत समितिमा कुन सांसदलाई कहाँ राखियो ?

काठमाडौं- फागुन २१ गतेको निर्वाचनबाट चुनिएको प्रतिनिधि सभाका १० वटा