निशालाई ‘इन्द्रेणी’ सञ्चालक कृष्ण कँडेलको सहयोग « Khabarhub

निशालाई ‘इन्द्रेणी’ सञ्चालक कृष्ण कँडेलको सहयोग


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेलाई आर्थिक सहयोग गर्ने क्रम रोकिएको छैन । यही क्रममा चर्चित टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’का सञ्चालक कृष्ण कँडेलले आर्थिक सहयोग गरेका छन् ।

कँडेलले नर्भिक अस्पताल पुगेरै निशालाई ६० हजार सहयोग गरेका हुन् । कँडेलले यसअघि पनि निशालाई आर्थिक सहयोग गरेको बताए । उनले उक्त रकम निशाका पिता प्रेम घिमिरेलाई हस्तान्तरण गरेका छन् ।

तीन वर्षअघि मोडलिङ पढ्न भारतको देहरादुन पुगेको डेढ महिनामा नै निशा सडक दुर्घटनामा परेकी थिइन् । दुर्घटनामा टाउकोमा गम्भीर चोट देहरादुनमा प्राथमिक उपचार गरेर उनलाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको थियो ।

निशाको स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरीले घरबाट उद्धार गरी नर्भिकमै निःशुल्क उपचार गराइरहेकी छन् ।

तीजको गीतको भिडियोबाट मोडलिङ यात्रा सुरु गरेकी निशाले तीन दर्जन बढी म्यूजिक भिडियोमा अभिनय गरेकी थिइन् । उनले फिल्म ‘मधेशीपुत्र २’, टेलीफिल्म ‘डियर जिन्दगी’मा पनि अभिनय गरेकी थिइन् ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  १२ : १५ बजे

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले