निशालाई ‘इन्द्रेणी’ सञ्चालक कृष्ण कँडेलको सहयोग « Khabarhub

निशालाई ‘इन्द्रेणी’ सञ्चालक कृष्ण कँडेलको सहयोग


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेलाई आर्थिक सहयोग गर्ने क्रम रोकिएको छैन । यही क्रममा चर्चित टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’का सञ्चालक कृष्ण कँडेलले आर्थिक सहयोग गरेका छन् ।

कँडेलले नर्भिक अस्पताल पुगेरै निशालाई ६० हजार सहयोग गरेका हुन् । कँडेलले यसअघि पनि निशालाई आर्थिक सहयोग गरेको बताए । उनले उक्त रकम निशाका पिता प्रेम घिमिरेलाई हस्तान्तरण गरेका छन् ।

तीन वर्षअघि मोडलिङ पढ्न भारतको देहरादुन पुगेको डेढ महिनामा नै निशा सडक दुर्घटनामा परेकी थिइन् । दुर्घटनामा टाउकोमा गम्भीर चोट देहरादुनमा प्राथमिक उपचार गरेर उनलाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको थियो ।

निशाको स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरीले घरबाट उद्धार गरी नर्भिकमै निःशुल्क उपचार गराइरहेकी छन् ।

तीजको गीतको भिडियोबाट मोडलिङ यात्रा सुरु गरेकी निशाले तीन दर्जन बढी म्यूजिक भिडियोमा अभिनय गरेकी थिइन् । उनले फिल्म ‘मधेशीपुत्र २’, टेलीफिल्म ‘डियर जिन्दगी’मा पनि अभिनय गरेकी थिइन् ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  १२ : १५ बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।

वर्ष ०८२ : नयाँ निर्देशकको कब्जामा ‘हिट लिस्ट’, स्टारहरूकै फिल्म चौपट

काठमाडौं – जेन–जी आन्दोलन र चुनावका कारण यो वर्षको रिलिज

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

मुगुमा ४ क्याग्निच्युडको भूकम्प

काठमाडौँ– मुगुमा ४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प

इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता भए