निशाको सहयोगार्थ संगीतकर्मीको समिति | Khabarhub Khabarhub

निशाको सहयोगार्थ संगीतकर्मीको समिति


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय संगीतकर्मी संघ नेपालले नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेलाई आर्थिक सहयोग जुटाउन समिति गठन गरेको छ । निशा संघकी सदस्य हुन् ।

संघको एक टोलीले बिहीबार अस्पताल पुगेर उनका पिता प्रेम घिमिरेलाई आर्थिक सहयोग प्रदान गर्दै समिति गठन गरिएको जानकारी दिएको हो ।

संघका तर्फबाट अध्यक्ष राजेन्द्र कार्की, महासचिव विक्रमजंग शाहसहित सरिता भारती, दीपेन्द्र तिमिल्सिनालगायतका कलाकार अस्पताल पुगेका थिए ।

संघका महासचिव शाहले निशाको उपचारको खर्च संकलनका लागि आफुहरुले पहल सुरु गरेको बताए । संघले आफ्नो सदस्यहरुलाई आपत पर्दा विगतमा पनि आर्थिक सहयोग प्रदान गर्दै आएको उनले बताए ।

‘७४ जिल्लामा हाम्रो शाखा रहेका छन् । जहाँ ४ हजार बढी सदस्य छन् । ती शाखाहरुबाट के कति सकिन्छ र निशाको उपचारका क्रममा परिवारलाई परेको ऋणभारलाई कम गर्न आर्थिक संकलन पहल सुरु गरेका हौं’, महासचिव शाहले भने ।

उनका अनुसार दुई वर्ष अघि पनि निशालाई ट्रमा सेन्टर पुगेर उपचारका लागि आर्थिक सहयोग गरिएको थियो ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ८ : ४० बजे

राहदानी सेवा ५१ दिनपछि सञ्चालन

दमौली– गत भदौमा जेन-जीद्वारा गरिएको प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट

दुर्गा प्रसाईँले भने- मंसिर ७ देखि देशव्यापी आन्दोलन गर्छौँ 

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा

शेख हसिनाको चेतावनी- अवामी लिगबिना निर्वाचनले बङ्गलादेशमा विभाजनको बीज रोप्नेछ

एजेन्सी– बंगलादेशकी फरार पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्नो पार्टी अवामी

‘अब सुन्छ अमेरिका’ विवादपछि गायक पशुपति भन्छन् – समस्या हुने देखेरै सम्झौता रद्द गरेको हुँ

काठमाडौं – ‘अब सुन्छ अमेरिका’ कार्यक्रमका आयोजक फ्लाई नेपालबाट अमेरिकामा