शान्ति सेनामा योगदान गर्ने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा पर्न सफल « Khabarhub

शान्ति सेनामा योगदान गर्ने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा पर्न सफल


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल संयुक्त राष्ट्र संघमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचीमा तेस्रो स्थानमा पर्न सफल भएको छ ।

सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लव पौडेलले राष्ट्र संघमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचीमा नेपाल तेस्रो स्थानमा पर्न सफल भएको जानकारी दिए ।

यसअघि नेपाल छैटौं स्थानमा रहेको थियो । शान्ति सेना योगदान गर्ने मुलुकको सूचीमा पहिलोमा वंगलादेश, दोस्रोमा इथियोपिया, त्यसपछि नेपाल, चौथोमा रुवान्डा, पाँचौंमा भारत र छैटौंमा पाकिस्तान रहेका छन् ।

प्रवक्ता पौडेलका अनुसार नेपाल ५६८६ फौजसहित तेस्रो स्थानमा रहन सफल भएको हो ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ८ : ३२ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि