यस्ता छन् तामाका भाँडामा राखिएको पानी पिउनुका फाइदा « Khabarhub

यस्ता छन् तामाका भाँडामा राखिएको पानी पिउनुका फाइदा



परापूर्वकालदेखि घरेलु भाँडाकुँडाको रूपमा प्रयोग गरिँदै आएको तामाका भाँडाहरु उपयोग गर्दा स्वस्थ्यमा राम्रो असर पर्ने तथ्य त सुन्दै आएका थियौँ तर यो परम्परागत तथ्यले अब वैज्ञानिक मान्यता पनि पाउँदै गएको छ । हालसालै अमेरिकामा गरिएको अनुसन्धानले तामाका भाँडाकुँडामा खानेकुरालाई दूषित गरी विषाक्त बनाउने जीवाणुहरुलाई मार्न सक्ने अध्भूत क्षमता रहेको तथ्य पत्ता लागेको  छ ।

परीक्षणमा स्टीलका भाँडाहरुमा १ महिनासम्म जीवित रहने  “ई-कोली” नामक जीवाणु तामाका भाँडाकुँडाहरुमा चार घण्टा भन्दा ज्यादा बाँच्न नसक्ने तथ्य फेला परेको छ ।  त्यसैगरी बेलायतको बर्मिघम शहरको एउटा अस्पतालमा गरिएको अनुसन्धानले पनि यो तथ्यलाई पुष्टि गरेको छ ।  अस्पतालमा गरिएको शोधमा परम्परागत ट्वाइलेटमा प्रयोग भएका शिट, धारा, हैण्डल, पुश-प्लेटलाई हटाएर तामाका सामग्रीहरु प्रयोग गर्दा परम्परागत शौचालय को तुलनामा तामाका सामग्री जोडिएको सतहमा जीवाणुहरुको संख्या ९० देखि १०० प्रतिशत कम पाइएको थियो ।

वैज्ञानिकहरूका अनुसार तामा धेरै उपयोगी धातु हो । तामाको भाँडामा  राखेको पानी पिउनाले छालामा  निखार आउँछ ।  त्यसैगरी पेट तथा उदर रोगमा पनि विशेष फाइदा  पुग्दैछ ।  पेटका  कृमिहरु नाश गर्दछ ।  अपच, अजिर्ण, भोक नलाग्ने, ग्यास, बायु गोला, कब्जियतमा पनि विशेष फाइदा पुर्‍याउँछ । यसैगरी डन्डिफोर, घमौरा, लुतो, पिलो, घाउ, खटिरा आइरहने अवस्थामा पनि तामाको भाँडामा राखेको पानीले फाइदा पुर्‍याउँछ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ५ : ५५ बजे

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको