दमकबाट ११ जना जुवाडे पक्राउ « Khabarhub

दमकबाट ११ जना जुवाडे पक्राउ


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको दमकबाट जुवाखेलिरहेको अवस्थामा प्रहरीले ११ जना जुवाडेलाई पक्राउ गरेको छ ।

उनीहरूको साथबाट २ लाख ८ हजार ९५ रुपैयाँ नगद पनि बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार उनीहरुलाई शुक्रबार साँझ ६ बजे दमक नगरपालिका ७, हाटखोलास्थित कर्णबहादुर राईको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा घरधनी ४० वर्षीय राईसहित गौरादह नगरपालिकाका ४२ वर्षीय दिनेश अधिकारी, ३८ वर्षीय ईन्दुकुमार राजवंशी, ३२ वर्षीय निर्मल थापा, ३४ वर्षीय अंकित कार्की, दमक नगरपालिकाका ४२ वर्षीय रामबहादुर धिमाल, ४० वर्षीय राजन दाहाल, ४४ वर्षीय गंगा पाठक, ३३ वर्षीय विजय सिंह, इटहरी उपमहानगरपालिकाका २६ वर्षीय मिलन राई र ३५ वर्षीय विक्रम गुरुङ रहेका छन् ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ८ : ४० बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १