घोराहीबाट जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ « Khabarhub

घोराहीबाट जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- घोराही उपमहानगरपालिकाबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले एक लाखभन्दा बढी रकमसहित १० जुवाडेलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ का ५२ वर्षीय कमान पुन, ४२ वर्षीय लोकबहादुर घर्ती, ४५ वर्षीय प्रेम पुन, ४२ वर्षीय आइतबहादुर घर्ती, ३४ वर्षीय ज्ञानसिंह बुढा, २२ वर्षीय निमबहादुर रोका, २६ वर्षीय त्रिपन बुढा, ३३ वर्षीय ढोका घर्ती, ४० वर्षीय तेजलाल पुन र  ६८ वर्षीय गनबहादुर घर्ती छन्।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकुन्द रिजालका अनुसार घोराही १३ डुमरगाउँस्थित गनबहादुर घर्तीको घरमा अबैध रुपमा जुवा भइरहेको भन्ने सूचनाका आधारमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरुको साथबाट १ लाख २२ हजार ५ सय १० रुपैंया नगद र ६ गड्डी तास बरामद गरेको छ । अहिले उनीहरुमाथि थप अनुसन्धान भइरहेको डीएसपी रिजालले बताए ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ९ : ५५ बजे

एमालेको ‘घाम’ मा ‘बादल’ को छाया

काठमाडौँ – गठबन्धनको ‘गाउँ खाने कथा’ एमालेको ‘घाम’ माथि ‘कालो

भारत-नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौँ – भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

एमाले सचिवालय बैठक बस्दै : बादलको ‘विवादास्पद’ अभिव्यक्तिबारे छलफल हुने

काठमाडौँ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै

सडकमा कलम बेच्ने ती बालक, जो पछि करोडौँलाई हँसाउने जोनी लिभर बने

बलिउड सिनेमा उद्योगमा जब कमेडीको चर्चा हुन्छ, सबैभन्दा पहिले सम्झिने

कलाकार बलेमाथि अमेरिकाबाट युवतीले लगाइन् गम्भीर आरोप

काठमाडौं– कलाकार कथा मोडल सागर लम्साल बलेमाथि अमेरिकामा बस्दै आएको