माधव नेपाललाई गोकुल बास्कोटाको सुझाव- फुट्नेको हबिगत कहिल्यै राम्रो भएको छैन | Khabarhub Khabarhub

माधव नेपाललाई गोकुल बास्कोटाको सुझाव- फुट्नेको हबिगत कहिल्यै राम्रो भएको छैन


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी एकतामै बल हुने बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पार्टीबाट फुटेकाहरुको हबिगत कहिल्यै राम्रो नभएको बताए ।

माधव नेपाललाई विगतबाट सिक्न आग्रह गर्दै फुटेर जानेको कहिल्यै राम्रो नभएको बताएका छन् ।

‘चोइटिएका माओवादी’हरु मिल्ने तरखरमा रहेको भन्दै उनले माधव नेपाललाई एमाले एकता कार्यदलले दिएको १० बुँदे सम्झौतासमेत पार्टी अनुमोदन गरेकाले मिल्न सुझाव दिए ।

अब पनि नेपाल पार्टीमा नफर्किए छाडेर अघि बढ्नुपर्ने उनको बुझाइ छ । उनले भनेका छन्, ‘दशबुँदै अनुमोदन हुँदा पनि कोही आउँदैनन् भने नआउन्।’

विगतमा फुटेको कांग्रेस, राप्रपा पनि मिलेको उदाहरण पेस गर्दै उनले भनेका छन्, ‘फैसलाले एमाले सक्किने भए ०५२ मै सकिन्थ्यो । यो राजनीती हो।कोही चोइटिएर पनि सकिँदैन।देउवाले कांग्रेस फुटाए, पार्टी चलेन, मूल पार्टीमै फर्किए । वामदेवको त्यही कथा दोहोरिएकै हो, वैद्य करिब करिब उस्तै भो। राप्रपामा पनि पटक–पटक सोही कुरा भएकै छ। दशबुँदै अनुमोदन हुँदा पनि कोही आउँदैनन् भने नआउन्।’

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ११ : ०५ बजे

परम्परागत बाटो मासिँदै जाँदा मानव–हात्ती द्वन्द्व बढ्दै (फोटोफिचर)

काठमाडौं– नेपाल र भारतबीच रहेको खुला सिमाना केवल दुई देशका

म्याग्दीको अन्नपूर्णमा टोल टोलमा स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले टोल टोलमा पुगेर सर्वसाधारणको स्वास्थ्य परीक्षण

शीतलहर सुरु हुनु पहिले नै व्यवस्थापनको पूर्वतयारी

महोत्तरी– बर्सेनि जाडो यामको शीतलहरले हुँदै आएको जनधनको क्षति रोक्न

तनहुँको ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘म्यारिज ब्यूरो’ चलाएको आरोपमा काठमाडौंबाट चारजना चिनियाँ नागरिक पक्राउ

काठमाडौं– काठमाडौंको सोह्रखुट्टेका म्यारिज ब्युरो सञ्चालन गरेको आरोपमा चारजना चिनियाँ