निषेधाज्ञा खुकुलो भएसँगै बजारमा भीडभाड बढ्यो, खोप नलगाएका उच्च जोखिममा | Khabarhub Khabarhub

निषेधाज्ञा खुकुलो भएसँगै बजारमा भीडभाड बढ्यो, खोप नलगाएका उच्च जोखिममा

निषेधाज्ञा खुकुलो भएपछि ३७ हजार संक्रमित थपिए, ३९३ को मृत्यु



काठमाडौँ– काठमाडौँ उपत्यकामा असार १६ गतेदेखि धेरै जमघट हुने केही सीमित बाहेक धेरै क्षेत्र खुला भएका छन् ।

बजार खुला भएको छ । मानिसहरूको आवतजात निर्बाध भएको छ । फुटपाथहरू भरिभराउ हुन थालेका छन् ।

निजी र सार्वजनिक सबै सवारी साधनहरू चलेका छन् । सबैजसो निजी तथा सरकारी कार्यालयहरू खुला भएको छ ।

यससँगै दुईसाता यता बजारमा चहलपहल बढेको छ ।

विषेशगरी काठमाडौँको व्यस्त मानिने असन, इन्द्रचोक, महाबौद्ध, वसन्तपुर, न्यूरोड, खिचोपोखरी लगायतका स्थानमा मानिसहरुको भीडभाड बढेको छ ।

साथै काठमाडौँ उपत्यकाका अन्य स्थानमा पनि चहलपहल भने बढेको देखिन्छ ।

कम्तीमा २ मिटर भौतिक दूरी कायम गर्नु भनिरहँदा सर्वसाधरण भने एकअर्कालाई धकेल्दै हिँडिरहेको देखिन्छ ।

केही दिनयता विभिन्न खोप केन्द्रमा कोरोनाविरुद्धको खोप लगाउनेहरुको भीड कायमै छ । जहाँ स्वास्थ्यका न्यूनतम मापदण्डसमेत पालना भएको देखिँदैन ।

१६ दिनमा ३७ हजार जना संक्रमित, ३९३ को मृत्यु

कोरोना भाइरस संक्रमण रोकथामका लागि गत असार १५ गते काठमाडौँ उपत्यकामा निषेधाज्ञाको मोडालिटी परिवर्तन भएको हो ।

त्यससँगै मानिसको चहलपहल ह्वातै बढेको छ । तर कोरोना संक्रमितको संख्या भने घटेको छैन । झन बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

निषेधाज्ञा खुकुलो बनाएयता ३७ हजार जना कोरोना संक्रमित थपिएका छन् ।

निषेधाज्ञा खुकुलो बनाएकै दिन असार १६ गते देशभर २ हजार ८९२ जना संक्रमित थपिएका थिए ।

त्यस्तै २० गते संक्रमण १ हजार ६ सयम झरेको संक्रमणको संख्या क्रमशः २ हजारभन्दा माथि थपिँदै साउन १ गते २ हजार ९ सय ३६ जना संक्रमित थपिएका छन् ।

त्यस्तै मृत्यु हुनेको संख्या पनि बढेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । असार कोरोना संक्रमणका कारण असार १६ गते ४१ जनाले ज्यान गुमाएका थिए । त्यससँगै १९ गते मृतकको संख्या १९ मा झरेको थियो भने २० गते बढेर २७ मा पुग्यो ।

त्यस्तै असार २९ गते १२ झरेको मृतकको संख्या साउन १ गते ह्वातै बढेर ४३ पुगेको छ । समग्रमा १६ दिनमा ३ सय ९३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

यो तथ्याङ्कलाइ हेर्दा निषेधाज्ञा खुकुलो र बजार चलायमान बनाउनभन्दा पनि कोरोना संक्रमणको जोखिमबाट बच्न जरुरी देखिन्छ ।

भीडभाडसँगै जोखिम बढ्यो, खोप नलगाएका जेखिममा

सरकारले आर्थिक गतिविधि सुचारु गर्नका लागि निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमणको जोखिम झन बढेको बताउँछन् जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे ।

पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमणदर र मृत्युदर दुवै बढेको र संक्रमण कायमै रहदा निषेधाज्ञा खुकुलो भएपछि जनस्वास्थ्यका मापदण्डमा ध्यान पुर्‍याउन सुझाव दिन्छन् उनी ।

‘निर्माण क्षेत्रमा काम गर्ने, फोहोरमैला उठाउने, तरकारी तथा फलफूल पसल, ठेलामा सामान बेच्ने लगायत अन्य बजारमा काम गर्ने अधिकांशले मास्क लगाएको छैनन्’ डा. पाण्डेले भने ‘लगाएकले पनि घाँटी र चिउँडोमा मास्क लगाएर हिडिरहेका छन् ।’

उनकाअनुसार सर्वसाधरणले स्वास्थ्यका मापदण्ड अपनाएको खण्डमा लकडाउन खुलेपनि संक्रमण फैलिन पाउदैन ।

अहिले कोरोनाविरुद्धको खोप नलाउने उच्च जोखिममा रहेकाले सरकारले जतिसक्दो छिटो खोपमा काम गर्नुपर्ने उनको भनाइ छ ।

‘स्वास्थ्यका मापदण्ड पालना भए नभएको बारे सुरक्षाकर्मी परिचलान गर्ने’ उनी भन्छन्, ‘परीक्षण बढाउनुपर्‍यो ।’

देशभर ८७ वटा पीसीआर ल्याब छन् । एउटा ल्याबले दिनमा हजार जनाको परीक्षण गर्ने हो भने पनि ८७ हजार जनाको स्वाब परीक्षण गर्ने क्षमता छ ।

तर दैनिक ८ देखि १० हजार मात्र पीसीआर परीक्षण भएको देखिन्छ । परीक्षणलाई अभियानकै रुपमा लैजान उनी सुझाउँछन् ।

त्यस्तै कन्ट्रयाक ट्रेसिङ सबैभन्दा प्रभावकारी रहेपनि यो काम अहिले बन्द रहेको उनको भनाइ छ ।

‘भाइरसका नयाँ प्रजाति थपिइरहेका छन् । तर हामीसबै कोरोना लाग्दैन केही होइन भन्दै न्यूनतम मापदण्ड समेत पालना नगरी हिँडिरहेका छन्’ उनले सुनाए ।

उनकाअनुसार भ्याक्सिन नलगाएकाहरु अहिले संक्रमणको उच्च जोखिममा छन् ।

‘हामीकहाँ ठूलो जनसंख्या जोखिममा छ । त्यसकारण कम्तीमा १ करोड नेपालीलाई खोप लगाउने हो भने जोखिम धेरै न्यून हुन्छ’ उनले भने ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  १ : ४५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०