पार्टी एकता जोगाउन एमाले नेता कसरतमा « Khabarhub

पार्टी एकता जोगाउन एमाले नेता कसरतमा



काठमाडौँ– विवाद समाधान गर्न एमालेद्वारा गठित कार्यदलका सदस्यले पार्टी एकता कसरी जोगाउने भन्ने विषयमा छलफल गरेका छन् ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको कार्यदलमा रहेका स्थायी कमिटी सदस्यहरुको बैठकले विवाद समाधानका लागि गठित कार्यदलले प्रस्ताव गरेको १० बुँदे सहमतिलाई आधार बनाएर पार्टी एकता जोगाउने बारेमा छलफल गरेको नेता गोकर्ण विष्टले जानकारी दिए ।

उनले भने, ‘विगतका १० बुँदे सहमतिलाई आधार बनाएर कसरी एमाले एकता जोगाउने भन्ने विषयमा अनौपचारिक छलफल गरेका हौं ।’ उनले कार्यदलको बैठक नभएर स्थायी कमिटीका सदस्यहरुको बैठक भएको बताए ।

उनले भने, ‘स्थायी कमिटीका बिचको अनौपचारिक भेटघाट हो । कार्यदलले गरेको सहमतिलाई आधार बनाएर कसरी पार्टी एकता जोगाउने भन्ने विषयमा छलफल गरेका हौं । हामी सबैको गम्भिर सरोकार भनेको पार्टी एकता जोगाउने हो ।’

एमालेले गठन गरेको तर शुक्रबार भंग गरेको कार्यदलका सदस्यहरुका बिचमा अनौपचारिक छलफल भएको भन्दै नेता विष्टले पार्टी एकता जोगाउन पार्टी पंक्तीमा रहेको चिन्ताअनुसार अनौपचारिक छलफलमा बसेको जानकारी दिए । उनले भने, ‘एमालेलाई एकताबद्ध गर्न आम पार्टी पंक्ति चिन्तित छ । स्थायी कमिटीका केही सदस्यहरु अनौपचारिक छलफल गरेका हौं । एकताबद्ध बनाउन हामीले हाम्रा प्रयत्न गरिरहेका छौं । पार्टीभित्र देखिएको मनमुटाव कम गर्दै एकताबद्ध बनाउँछौं भन्ने सन्देश दिन खोजेको हो ।’

आफ्नो ठाउँबाट पार्टी एकता जोगाउन प्रयत्न जारी राख्ने विषयमासमेत छलफल भएको स्थायी कमिटी सदस्य विष्टले जानकारी दिए ।

बैठकमा कार्यदलले गरेको सहमतिअनुसार एमाले एकता कसरी जोगाउने भन्नेबारेमा छलफल भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

उनले भने, ‘१० बुँदे सहमति कार्यान्वयन भयो भने एकता जोगिने विश्वास छ ।’

एमालेले विवाद समाधान गर्न गठन गरेको कार्यदल भंग गर्ने निर्णय शुक्रबार मात्रै गरेको थियो ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  १२ : ५० बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले