गोरखामा काठे पुलबाट खसेर एकजना बेपत्ता « Khabarhub

गोरखामा काठे पुलबाट खसेर एकजना बेपत्ता


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गोरखाको चुमनुब्री गाउँपालिका–३ घट्टेखोलास्थित ठाडो खोलामा रहेको काठको पुलबाट खसेर एक जना बेपत्ता भएका छन् ।

प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार दिदीलाई घरबाट लिएर फर्कंदै गर्दा सोही गाउँपालिकाका ३० वर्षीय विजय गुरुङ अचानक पुलबाट खोलामा खसेर बेपत्ता भएका हुन् ।

साउन १ गते राति करीब १ बजेको समयमा पुलबाट खसेका गुरुङको जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको टोलीद्वारा खोजी भइरहेको छ ।

त्यसैगरी अविरल वर्षासँगै गएको पहिरोले आज बिहान बागलुङ नगरपालिका–३ हाँडेपाखामा एउटा पिकअप जिपलाई क्षति पुर्‍याएको छ । पार्किङ गरिराखेको प्रदेश ०३–०१–०२२ च ९४१८ नंको सो जिप राखेको ठाउँमा पहिरासँगै ८०/८५ मिटर तल पुगी पूर्णरुपमा क्षति भएको हो । उक्त घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ९ : १५ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)