उज्जवल थापाको उपचारमा उठेको रकम तथा खर्च विवरण सार्वजनिक | Khabarhub Khabarhub

उज्जवल थापाको उपचारमा उठेको रकम तथा खर्च विवरण सार्वजनिक


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको उपचारका लागि संकलन भएको रकम र खर्चको विवरण सार्वजनिक गरिएको छ ।

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले संकलित रकम र खर्च विवरण सार्वजनिक गरेका हुन् ।

पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत खर्च विवरण सार्वजनिक गर्दै थापाको उपचारका लागि कुल २ हजार ८ सय व्यक्तिले रकम सहयोग गरेको जनाएका छन् । जसमा सबैभन्दा कम सहयोग १० रुपैयाँ र बढी १ लाख १० हजार ३४५ रुपैयाँ एकै व्यक्तिबाट प्राप्त भएको छ ।

थापाको उपचारका लागि सुभेच्छुकहरुबाट कुल ६७ लाख ८३ हजार ४८५ रुपैयाँ ३४ पैसा सहयोग संकलन भएको छ । जसमध्ये थापाको उपचारमा २५ लाख ३१ हजार २८३ रुपैयाँ ६२ पैसा खर्च भएको सार्वजनिक विवरणमा उल्लेख छ ।

थापाको उपचारपछि बाँकी रहेको रकम ४२ लाख ५२ हजार २०१ रुपैयाँ ७२ पैसा विभिन्न परोपकारी संस्थाहरुलाई प्रदान गरिएको सार्वजनिक विवरणमा उल्लेख छ । बाँकी रहेको रकम दाताहरूलाई फिर्ता गर्न व्यवस्थापनको दृष्टिकोणले असम्भवप्रायः देखिएकाले आपसी सल्लाहमा कोभिड महामारीमा काम गरिरहेका संस्थाहरुलाई सहयोग गरिएको पाण्डेले बताएका छन् ।

सहयोग पाउने संस्थाहरुमा भोरे नेपाल, सर्लाही २ लाख ५० हजार, हार्टबिट, काठमाडौँ २ लाख, मधेश ह्युमन राइट्स होम, कपिलवस्तु २ लाख २ हजार २०१ रुपैयाँ ७२ पैसा, नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन, काठमाडौँ ५ लाख रहेका छन् ।

यस्तै, राष्ट्रिय आविष्कार केन्द्र, काठमाडौँले १५ लाख, ओडा फाउन्डेसन, कालिकोटले १० लाख र सानो पाइला, वीरगन्जले ६ लाख रुपैयाँ पाएका छन् । ४४ वर्षीय थापाको उपचारका क्रममा मेडिसिटी अस्पतालमा गत जेठ १८ गते निधन भएको थियो ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ७ : ३० बजे

समस्याग्रस्त सडकमा काम सम्पन्न गर्ने चुनौति

तनहुँ– तनहुँका तीन ठूला सडक आयोजना निर्माण सुरु भएको लामो

सुक्खायाम सुरु भएसँगै आगलागीका घटनामा वृद्धि

काठमाडौं– सुक्खायाम शुरु भएसँगै देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको

ताकम स्वास्थ्य शिविरमा करिब दुई सय जना लाभान्वित

म्याग्दी– नेपाली सेनाको गुरु गोरख गुल्म अर्थुङ्गे ब्यारेकको आयोजनामा शुक्रबार

एमालेले आज ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज (शनिबार) देशका ७७ वटै जिल्लामा जनप्रदर्शन

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल