उज्जवल थापाको उपचारमा उठेको रकम तथा खर्च विवरण सार्वजनिक « Khabarhub

उज्जवल थापाको उपचारमा उठेको रकम तथा खर्च विवरण सार्वजनिक


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको उपचारका लागि संकलन भएको रकम र खर्चको विवरण सार्वजनिक गरिएको छ ।

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले संकलित रकम र खर्च विवरण सार्वजनिक गरेका हुन् ।

पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत खर्च विवरण सार्वजनिक गर्दै थापाको उपचारका लागि कुल २ हजार ८ सय व्यक्तिले रकम सहयोग गरेको जनाएका छन् । जसमा सबैभन्दा कम सहयोग १० रुपैयाँ र बढी १ लाख १० हजार ३४५ रुपैयाँ एकै व्यक्तिबाट प्राप्त भएको छ ।

थापाको उपचारका लागि सुभेच्छुकहरुबाट कुल ६७ लाख ८३ हजार ४८५ रुपैयाँ ३४ पैसा सहयोग संकलन भएको छ । जसमध्ये थापाको उपचारमा २५ लाख ३१ हजार २८३ रुपैयाँ ६२ पैसा खर्च भएको सार्वजनिक विवरणमा उल्लेख छ ।

थापाको उपचारपछि बाँकी रहेको रकम ४२ लाख ५२ हजार २०१ रुपैयाँ ७२ पैसा विभिन्न परोपकारी संस्थाहरुलाई प्रदान गरिएको सार्वजनिक विवरणमा उल्लेख छ । बाँकी रहेको रकम दाताहरूलाई फिर्ता गर्न व्यवस्थापनको दृष्टिकोणले असम्भवप्रायः देखिएकाले आपसी सल्लाहमा कोभिड महामारीमा काम गरिरहेका संस्थाहरुलाई सहयोग गरिएको पाण्डेले बताएका छन् ।

सहयोग पाउने संस्थाहरुमा भोरे नेपाल, सर्लाही २ लाख ५० हजार, हार्टबिट, काठमाडौँ २ लाख, मधेश ह्युमन राइट्स होम, कपिलवस्तु २ लाख २ हजार २०१ रुपैयाँ ७२ पैसा, नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन, काठमाडौँ ५ लाख रहेका छन् ।

यस्तै, राष्ट्रिय आविष्कार केन्द्र, काठमाडौँले १५ लाख, ओडा फाउन्डेसन, कालिकोटले १० लाख र सानो पाइला, वीरगन्जले ६ लाख रुपैयाँ पाएका छन् । ४४ वर्षीय थापाको उपचारका क्रममा मेडिसिटी अस्पतालमा गत जेठ १८ गते निधन भएको थियो ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ७ : ३० बजे

कूटनीतिमा महिला दिवस मनाईँदै, विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ– आज अन्तर्राष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा विविध

सात देश विश्वकपको नकआउट चरणमा : अन्तिम ३२ मा पुगेका टिम कुन कुन हुन् ?

काठमाडौँ – फिफा विश्वकप २०२६ मा साविक विजेता अर्जेन्टिना, आयोजकद्वय

२५ अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

काठमाडौँ– चालु आर्थिक वर्षको प्रथम ११ महिनामा २५ अर्ब ५५

ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले सवारी नियम उल्लंघनमा एकै दिन दुई हजार

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा