मोहन वैद्य र नेत्रविक्रम चन्दबीच भेटवार्ता | Khabarhub Khabarhub

मोहन वैद्य र नेत्रविक्रम चन्दबीच भेटवार्ता


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’बीच भेटवार्ता भएको छ ।

पछिल्लो समय राजनीति भेटवार्तालाई तीव्रता दिएका चन्दले शनिबार वैद्यसँग भेटवार्ता गरेका हुन् ।

दुई नेताबीचको भेटमा समसामयिक विषयमा छलफल भएको चन्द निकट नेताहरुले बताएका छन् । भित्री कुराकानी नखुलाएपनि माओवादी ध्रुवीकरणका विषयमा छलफल भएको नेताहरुको भनाइ छ ।

तत्कालीन एकिकृत माओवादी केन्द्रबाट छुट्टिएका वैद्य र चन्द पछि अलग्गिएका थिए । वैद्यको कार्यशैलीबाट असन्तुष्ट रहेका चन्दले छुट्टै पार्टी गठन गरेका थिए ।

केपी ओली सरकारसँग तीन बुँदे सहमति गर्दै शान्ति प्रक्रियामा आउने सम्झौता गरेको चन्द समूहले पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाईको माग गर्दै आएको छ । ओली सरकारसँग भएको सहमति पूर्ण रुपमा कार्यान्वयन नभएपछि नयाँ सरकार गठन भएलगत्तै महासचिव चन्दको दौडधुप बढेको छ ।

यसअघि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व माओवादी नेता एवं हाल जसपाका केन्द्रीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई र एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ७ : ४५ बजे

समस्याग्रस्त सडकमा काम सम्पन्न गर्ने चुनौति

तनहुँ– तनहुँका तीन ठूला सडक आयोजना निर्माण सुरु भएको लामो

सुक्खायाम सुरु भएसँगै आगलागीका घटनामा वृद्धि

काठमाडौं– सुक्खायाम शुरु भएसँगै देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको

ताकम स्वास्थ्य शिविरमा करिब दुई सय जना लाभान्वित

म्याग्दी– नेपाली सेनाको गुरु गोरख गुल्म अर्थुङ्गे ब्यारेकको आयोजनामा शुक्रबार

एमालेले आज ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज (शनिबार) देशका ७७ वटै जिल्लामा जनप्रदर्शन

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल