आइतबार बस्ने प्रतिनिधिसभा बैठकको यस्तो छ सम्भावित कार्यसूची « Khabarhub

आइतबार बस्ने प्रतिनिधिसभा बैठकको यस्तो छ सम्भावित कार्यसूची


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक भोलि (आइतबार) बस्दैछ ।

आइतबार अपराह्न ४ बजे प्रतिनिधिसभाको बैठक बस्ने संसद सचिवालयले जनाएको छ । संघीय संसदका महासचिव डा भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यक्रम अनुसार आइतबार हुने संसदको आठौँ अधिवेशनमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् ।

यस्तै सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ ।

सम्भावित कार्यसूचीअनुसार सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यक्रम रहेको छ । यसैगरी निधन भएका पूर्व सांसद एवं संविधान सभा सदस्यहरूप्रति शोक प्रस्ताव पारित गरिने कार्यसूची छ ।

यस्तो छ सम्भावित कार्यसूची

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  १० : ०७ बजे

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर