सुदूरपश्चिममा मनाइँदै वल्के पर्व « Khabarhub

सुदूरपश्चिममा मनाइँदै वल्के पर्व


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक आज बिहानैदेखि वल्के पर्व मनाउन थालिएको छ ।

यो प्रदेशमा वैशाख महिनामा मनाइने बिशु पर्व मरौला भनेर खाने तथा भदौ महिनामा मनाइने वल्के पर्व बोचे भनेर खाने पर्वका रूपमा मनाइने चलन रहेको छ ।

साउन मसान्त र भाद्र सङ्क्रान्ति गरी दुई दिन मनाइने यो पर्वको पहिलो दिन हिजो प्रत्येक घरमा मिठोमसिनो खानाका स्थानीय परिकार बनाइएर मनाइएको थियो ।

आज दोस्रो दिन पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा आफूभन्दा ठूलाबडालाई तथा छिमेकीलाई बाँडेर प्रदेशका नौवटै जिल्लामा ‘वल्के चाड’ हर्षोल्लासपूर्वक मनाइँदै गरेको दिपायल पिपल्लाका स्थानीयवासी हर्कबहादुर बोहराले बताए ।

रोजगारी तथा काम विशेषले घर तथा जिल्ला बाहिर गएका यहाँका नागरिक पनि वल्के चाड मनाउन अहिले आ–आफ्ना घरमा फर्किएका कारण यहाँका बजार तथा गाउँमा निकै चहलपहल बढेको छ ।

वल्के पर्व यहाँका बजार क्षेत्रभन्दा पनि गाउँघरमा बढी मनाउने चलन रहेको केआइसिंह गाउँपालिका–५ की स्थानीयवासी सानु जोशीले बताइन् ।

आफ्ना मान्यजन, इष्टमित्र, छरछिमेकीलाई सगुनका रूपमा पिँडालुको ‘गाभा’ अर्थात् कलिलो पात, हरियो साग, दूध, दही दिएर सम्मान गर्ने र आशीर्वाद साटासाट गर्ने विशिष्ट खालको मौलिक परम्परा यस क्षेत्रमा शताब्दीयौँदेखि रहिआएको दिपायल सिलगढी नगरपालिका–२ का स्थानीयवासी तथा कांग्रेस नेता घनश्याम पाठकले बताए ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ११ : ४० बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध