वार्षिक कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न प्रमुख शाक्यको आग्रह | Khabarhub Khabarhub

वार्षिक कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न प्रमुख शाक्यको आग्रह


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नीति र कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा कर्मचारीको सक्रियता अपेक्षा गरेका छन् ।

वार्षिक कार्ययोजना तर्जुमा गर्ने क्रममा विभागीय प्रमुखहरूसँग छलफल गर्दै प्रमुख शाक्यले भने, ‘विभाग सक्रिय भएन भने कुनै पनि काम बन्दैन । जनप्रतिनिधिले तयार गरिदिएका कार्यक्रमको गन्तव्यलाई लक्ष्य मानेर तपाईँहरू कार्यक्रम कार्यान्वयनमा लाग्नोस् ।’

‘महानगरले आन्तरिक रुपमै सम्पादन गर्न सक्ने कामलाई खुरुखुरु सञ्चालन गर्न र नीतिमा केही अस्पष्ट भए महानगरलाई सोध्न समेत अनुरोध गरे ।

कार्यक्रममा बोल्दै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, जनप्रतिनिधि र कर्मचारीको सुमधुर सम्बन्धले महसुस योग्य परिणाम आउने बताइन् ।

सबैले पदीय जिम्मेवारी पूरा गर्ने हो भने कसैले कसैप्रति प्रश्न गर्नुपर्ने दिन नआउने उपप्रमुख खड्गी श्रेष्ठको भनाइ थियो ।

प्रशासनिक नेतृत्वले राजनीतिक नेतृत्वको नीति कार्यान्वयनमा सघाउने हो । प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भने, ‘कार्ययोजनाले आफ्नो मूल्याङ्कनमा गर्न सघाउ पुर्‍याउँछ ।

कार्यालयले आफ्नो विभागबाट अपेक्षा गरेका उपलब्धी कति प्राप्त भए ? समीक्षा गर्न मद्दत गर्छ । त्यसैले विभागले गर्ने कामलाई कार्ययोजनाका आधारमा कार्यान्वयनमा लिएर जाऔँ । आव ०७८/०७९ का लागि स्वीकृत कार्यक्रम कार्यान्वयनका लागि तयार भएको कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरौँ ।’

महानगरको नवौँ अधिवेशनबाट स्वीकृत वार्षिक कार्यक्रमलाई विभागहरूले कुन काम कहिले सुरु गर्ने र कहिले सम्पन्न गर्ने चौमासिक अवधि राखेर कार्ययोजना बनाएका छन् ।

कार्यक्रम कार्यान्वयनको मुख्य जिम्मेवारी, सहायक जिम्मेवारी, समयावधि, अनुगमन सूचकसहित कार्ययोजना बनेको छ ।

वार्षिक कार्ययोजना तर्जुमा सहजीकरणका लागि निर्देशक बसन्त आचार्यको संयोजकत्वमा टोली गठन गरिएको थियो ।

महानगरपालिकाको आर्थिक बर्ष २०७८/०७९ को कार्ययोजनामा भएका मुख्य मुख्य ब्यवस्थाहरू नियमित कामहरू सबै चौमासिकमा हुनेछन् ।

मापदण्ड, कार्यविधि तयारी तथा अवधारणा तयार गर्ने कामलाई पहिलो चौमासिकमा राखिएको छ । स्वास्थ्य बीमा गर्ने, बक्यौता भुक्तानी गर्ने, योजनाको स्पेसिफिकेसन¸ लगायत तयार र सूचना प्रकाशन गर्नुपर्ने काम पहिलो चौमासिकमा हुनेछ ।

बोलपत्र मूल्याङ्कन तथा सम्झौताहरूमध्ये आन्तरिक रुपमा गरिने पहिलो चौमासिकमा र परामर्श सेवाबाट गरिनेलाई दोस्रो चौमासिकमा राखिएको छ ।

पूर्वाधार निर्माण तर्फका योजनाहरू तेस्रो चौमासिकमा सम्पन्न गरिनेछन् । विभिन्न संस्थाहरूलाई प्रदान गरिने कार्यक्रम सहयोग दोस्रो चौमासिकमा सम्पन्न हुनेछ ।

संघसस्था छनौट गर्ने काम दोस्रो चौमासिकमा हुनेछ । विद्यालयमा माग संकलन गर्ने, आन्तरिक आय नभएका विद्यालय छनौट गर्ने, नमूना विद्यालय छनौट गर्ने पहिलो चौमासिकमा र रकम निकासा गर्ने दोस्रो चौमासिकमा हुनेछ । शिक्षा विभागका नियमित काम सबै चौमासिकमा हुनेछन् ।

सामाजिक विकास विभागअन्तर्गत सूचना प्रकाशन गर्ने, संस्था छनौट गर्ने, अवधारणा तयार गर्ने, छलफल गर्ने काम पहिलो चौमासिकमा हुनेछ । खेलकुदका कार्यक्रम वडामा पठाउने निकासा, पौरखी मेला, स्वयमसेवक परिचालन दोस्रो चौमासिकमा हुनेछ ।

जनप्रतिनिधिहरूको क्षमता विकास र तालिमका कार्यक्रम पहिलो र दोस्रो चौमासिकमा तथा कर्मचारीहरूको क्षमता विकास र तालिम दोस्रो र तेस्रो चौमासिकमा हुनेछ ।

ककनी र धुनीबेँसी पालिकालाई दिइने विकास अनुदानका लागि पहिलो चौमासिकमा सम्झौता हुनेछ भने दोस्रो चौमासिकमा निकासा पठाइनेछ ।

पहिलो चौमासिकमा गुणस्तरका आधारमा होटल तथा रेष्टुरेन्टको बर्गीकरण गरिनेछ ।

स्वास्थ्यतर्फ औषधी खरिद पहिलो चौमासिकमा हुनेछ भने स्वास्थ्य सेवाका नियमित काम सबै चौमासिकमा हुनेछन् ।

यससँगै नियमित हुने विभागका कामलाइ सबै चौमासिकमा राखिएको छ ।

कार्ययोजना तर्जुका प्रक्रिया र यसका मुख्य बुँदाका विषयमा निर्देशक बसन्त आचार्य, उपनिर्देशकहरू प्रहलाद प्याकुरेल र प्रवीण प्याकुरेलले प्रस्तुति गरेका थिए । त्यस्तै निर्देशकहरू दीपक अधिकारी, राम थापा, हरिबहादुर कुँवर, हरिकुमार श्रेष्ठ, उपनिर्देशक रामप्रसाद पौडेलसहित अधिकारीहरूले वार्षिक कार्ययोजना कार्यान्वयनका कर्मचारीहरू उत्साहित भएको धारणा राखे ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  १२ : १३ बजे

सुडानका युद्धरत पक्षहरू भोकमरीलाई हतियारका रूपमा प्रयोग गर्दैछन् : संयुक्त राष्ट्रसङ्घ

जेनेभा – सुडानको क्रूर गृहयुद्धमा दुवै पक्षले भोकमरीलाई युद्धको हतियारका

महाधिवेशनको दस्तावेज टुङ्गो लगाउन सचिवालय बैठक आह्वान

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशनमा छलफल गरिने दस्तावेजमा

रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी

दिपेन्द्र र जयन्ती सर्वोत्कृष्ट खेलाडी घोषित

कैलाली – ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड–२०८०’ मा नेपाल क्रिकेट टोलीका

महोत्तरी पूर्ण खोपयुक्त जिल्ला घोषणा

महोत्तरी – महोत्तरी जिल्लालाई आज पूर्ण खोपयुक्त घोषणा गरिएको छ