हिमालयन बैंक र डाइनर्स क्लब अन्तराष्ट्रिय, डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजबीच सम्झौता « Khabarhub

हिमालयन बैंक र डाइनर्स क्लब अन्तराष्ट्रिय, डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजबीच सम्झौता


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिमालयन बैंक लिमिटेड र डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजको भागिनी संस्था डाइनर्स क्लब अन्तराष्ट्रिय बिच नेपालमा बैंकद्वारा डाइनर्स क्लब कार्ड जारी तथा स्विकार गर्ने तथा डाइनर्स क्लब अन्तराष्ट्रिय, डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजको गठबन्धन संजालको कार्ड स्विकार गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा हस्ताक्षर भए पश्चात बैंकले डाइनर्स क्लब कार्ड चाडै नै आफ्नो कार्ड नेटवर्कमा स्विकार गर्ने छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.रा.ले हिमालयन बैंकले डाइनर्स क्लब अन्तराष्ट्रिय आफ्नो क्रेडिट कार्ड जारी तथा स्विकार गर्ने संजालमा सामेल गर्न पाउँदा खुसी व्यक्त गरे । उनले चाडै नै डाइनर्स क्लब अन्तराष्ट्रिय कार्ड आफ्ना कार्ड संजालमा सामेल हुने हुँदा बैंकले निकट भविष्यमै आफ्ना मर्चेन्टलाई बढी भन्दा बढी प्रसिद्ध अन्तराष्ट्रिय कार्डहरु स्विकार गर्ने क्षमता प्रदान गरेको जानकारी गराए ।

बैंकले प्रारम्भमा उक्त कार्ड आफ्ना १४६ ए टि एम तथा ५००० भन्दा बढि पस टर्मिनलहरुमा स्विकार गराउने लक्ष्य लिएको छ । यसबाट डाइनर्स क्लब अन्तराष्ट्रिय, डिस्कभर्स र त्यसका भारत, द.कोरिया, ब्राजिल, टर्किका गठबन्धन संजालबाट जारी भएका कार्डका धारकहरु नेपाल भ्रमण गर्दा हिमालयन बैंकको ए टि एम तथा पस टर्मिनलका संजालमा प्रयोग गर्न सक्नेछन् । त्यसका साथै दोश्रो चरणमा बैंकले उक्त कार्डहरु नेपालमा नै स्थानीयहरुका लागि जारी गर्नेछ ।

डिकभर्स ग्लोबल संजालका तर्फबाट एसिया प्यासिफिक क्षेत्रिय निर्देशक यानी झाङ्गले हिमालयन बैंकसंगको सहकार्यले नेपालमा उक्त कार्ड स्विकार हुन सुरु हुँदा आफ्नो उपस्थिति आफ्ना पार्टनसहरुका आशा बमोजिम अन्तराष्ट्रिय बजारमा बढाउदै गएको जानकारी गराए । भारत, चीन, जापान, कोरियाको नेपाल प्रमुख भ्रमण गन्तव्य रहेको हुँदा पर्यटकहरुलाई आफ्नो छनौटको कार्ड प्रयोग गर्ने अवसर प्रदान गर्दै मर्चेन्टहरुलाई उक्त कार्ड स्विकार गर्ने अवसर दिएको छ ।

नेपालको बैंकिङ्ग क्षेत्रको अग्रणी हिमालयन बैंक प्रसिद्ध अन्तराष्ट्रिय कार्ड ब्राण्डहरु जस्तैः अमेरिकन एक्स्प्रेस, जेसिबी, मास्टरकार्ड, युनियनपे, भीसा जारी तथा स्विकार गर्ने तथा डाइनर्स एण्ड डीस्कभर कार्ड स्विकार गर्ने एक मात्र बैंक हो । हिमालयन बैंक नेपालमा अमेरिकन एक्सप्रेस ब्राण्डको कार्ड जारी तथा स्विकार गर्ने एकमात्र साझेदार हो ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  १० : २५ बजे

सबैभन्दा बढी प्युठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भूभागनजिक

फरार प्रतिवादी २६ वर्षपछि पक्राउ

कैलाली । कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई झण्डै

यी हुन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको ६ अध्यादेश

काठमाडौँ । सरकारले मंगलबार र बुधबार गरेर ६ वटा अध्यादेश

वैशाख १८ देखि काठमाडौंका सुकुम्बासी बस्ती एकैपटक खाली गरिने

काठमाडौं । सरकारले काठमाडौंभरका सुकुम्वासी बस्तीहरू यही वैशाख १८ गते

विश्व विद्यालयमा हुने राजनीतिक नियुक्ति पदमुक्त गर्न अध्यादेश : सरकार

काठमाडौँ । सरकारले विश्व विद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा