‘सुपर डान्सर ४’मा फर्किइन् शिल्पा « Khabarhub

‘सुपर डान्सर ४’मा फर्किइन् शिल्पा


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– गत जुलाई १९ मा पति राज कुन्द्रा पोर्नोग्राफी मुद्धामा पक्राउ परेपछि अभिनेत्री शिल्पा शेट्टीले डान्स रियालिटी शो ‘सुपर डान्सर ४’को सेटबाट ब्रेक लिएकी थिइन् । यो बीचमा शोमा शिल्पाको स्थानमा कैयौं अन्य सेलिब्रेटीले उनको कमी पुरा गरे । अहिले भने शिल्पा ३ हप्तापछि शोमा फर्किएकी छन् ।

शिल्पाले सन् २०१६ देखि नै शोमा निर्णायकको भूमिका निर्वाह गरिरहेकी छन् । त्यहीकारण निर्माताहरु शोमा शिल्पाको पुनरागमन पर्खिरहेका थिए ।

‘पति पोर्न मुद्धामा परेपछि शिल्पाका लागि शोमा फर्किनु निकै जोखिमपूर्ण काम थियो । तर उनले हिम्मत हारिनन् । शोमा शिल्पा फर्किएपछि निर्माता खुशी छन्’, शो निकट स्रोतले भन्यो । शोमा शिल्पासहित अनुराग बसु र गीता कपूर निर्णायक छन् ।

शिल्पाको अनुपस्थितिमा शोमा संगीता बिजलानी, ज्याकी श्राफ, टेरेन्स लुइस, सोनाली बेन्द्रे, मौसमी चटर्जी र करिश्मा कपुर अतिथि बनेर पुगेका थिए । ‘सुपर डान्सर ४’को आगामी भागमा ‘इण्डियन आइडल’का विजेताहरुले विशेष प्रस्तुति दिनेछन् ।

राज पोर्नोग्राफी मुद्धामा न्यायिक हिरासतमा छन् । राजमाथि आरोप लागेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले शिल्पालाई पनि ट्रोल बनाएका थिए । शिल्पाले क्राइम ब्राञ्चलाई दिएको बयानमा आफ्नो राजको कम्पनीसँग कुनै लेनदेन नभएको बताएकी थिइन् ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  १ : ५५ बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६