१८ किलो गाँजासहित काठमाडौँबाट एकजना पक्राउ | Khabarhub Khabarhub

१८ किलो गाँजासहित काठमाडौँबाट एकजना पक्राउ


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १८ किलो गाँजासहित प्रहरीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित थलीबाट एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–९ घर भएका ४२ वर्षीय संजिव राई रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार थलीस्थित मिलनचोकमा डेरामा बस्ने राईले लागुऔषध गाँजाको कारोबार गरेको सूचनाका आधारमा पक्राउ गरिएको हो ।

अहिले उनीमाथि थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  २ : ३१ बजे

प्रदेश आमसञ्चार विधेयकबारे सरोकार भएकाहरूका चासोप्रति गम्भीर छौँ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश आमसञ्चार

राहुल गान्धीको आरोप – भारतमा चुनावको मिति भाजपाले तोक्ने गरेको छ

एजेन्सी – भारतीय कांग्रेसका नेता तथा लोकसभाका प्रमुख प्रतिपक्षी नेता

म्यानमाको राखिनमा हवाई आक्रमण, १२ जनाको मृत्यु

एजेन्सी – म्यानमाको पश्चिमी राखिन राज्य अन्तर्गतको मराउक यू नगरमा

गुडिरहेको अटो दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

नवलपरासी – देवचुली नगरपालिका-६ मा सामान बोक्ने अटो दुर्घटना हुँदा