फ्याक्ट चेक : यो फोटो काबुलबाट उद्धार गरिएका भारतीयको हैन « Khabarhub

फ्याक्ट चेक : यो फोटो काबुलबाट उद्धार गरिएका भारतीयको हैन



काठमाडौँ- अफगानिस्तानमा कट्टरपन्थी धार्मिक समूह तालिबानले हालैमात्र देशका विभिन्न भागको साथै राजधानी काबुल कब्जा गरेको छ ।

राष्ट्रपति अशरफ गनी देश छोडेर हिँडेका छन् भने कैयौं विदेशी कुटनीतिक निकायका कर्मचारी विदेशी संस्थाका पदाधिकारी, अफगानी नागरिक लगायत देश छोड्ने क्रम जारी छ ।

अफगानिस्तानको पछिल्लो राजनीतिक संकटसित जोडेर एक तस्बिर व्यापक शेयर भइरहेको छ ।

फेसबुक लगायतका सामाजिक सञ्जालमा काबुलबाट उद्धार गरिएका भारतीयकाे भन्ने दाबी गरिएकाे उक्त तस्बिर हालको नभई सन् २०१३ मा समुद्री आँधी प्रभावित फिलिपिन्समा अमेरिकी वायु सेनाले गरेको उद्धारको रहेको फेला परेको छ ।

फेसबुकमा दुई लाख बढी फलोअर्स भएका खानेपानी मन्त्रालयका पूर्व सचिव भिम उपाध्यायले “आज भारतले काबुलबाट ८००+ भारतीय नागरिक यसरी देश फर्काएको छ” भन्ने दाबी सहित साउन ३२ गते उक्त सामग्री पोष्ट गरेका थिए । त्यसमा ३५०० भन्दा धेरै प्रतिक्रिया आएको छ भने ७५ पटक सेयर भएको छ । ९२ हजार बढीले फलो गरेको फेसबुक पेज ‘Rabi Lamichhane Fan Club’ ले सोही दाबीका साथ पोष्ट गरेको उक्त तस्बिरमा १६९ वटा प्रतिक्रिया आएको छ भने ७ पटक शेयर भएको छ । यसैगरी ३९ हजार बढीले फलो गरेको ‘E-learning for Students’ नामक फेसबुक पेजले पनि सोही दाबीका साथ सेयर गरेको तस्बिरमा २५० भन्दा धेरै प्रतिक्रिया आएको छ भने ४ पटक सेयर भएको छ ।

फेसबुकबाट लिइएको स्क्रिनसट

सोही दाबीका साथ उक्त तस्बिर @sujankdk नामक ट्वीटर ह्यान्डलबाट पनि ट्वीट गरिएको छ । यसैगरी केही सामाजिक सञ्जाल प्रयोगकर्ताले उपाध्यायको पोष्टको स्क्रिनसट लिएर सेयर गरेका छन् । केही प्रयोगकर्ताहरुले उक्त दाबीलाई विश्वास गरेका छन् भने केहीले त्यसमाथि प्रश्न उठाएका छन् ।

तथ्य जाँच

साउथ एसिया चेकले उक्त तस्बिरको ‘रिभर्स इमेज सर्च’ गरी तथ्य जाँच गर्ने क्रममा अमेरिकाकी वायुसेनाको आधिकारिक वेबसाइटमा फेला पर्यो ।

उक्त तस्बिर अमेरिकी वायुसेनाका सर्जेन्ट रामोन ब्रोकिङटनले सन् २०१३ को समुद्री आँधीका कारण बिस्थापित भएका फिलिपिन्सको ताक्लोबान सहरमा बस्ने ६७० फिलिपिनीलाई उद्धार गरी राजधानी मनिला लगिएको बखत खिचेका थिए । सन् २०१३ मा आएको भिषण आँधीका कारण १ करोड ४० लाख मानिस प्रभावित भएका थिए भने ६००० भन्दा धेरैको ज्यान गएको थियो ।

सन् २०१३ मा समुद्री आँधीको बेला फिलिपिन्समा गरिएको उद्धारको तस्बिरलाई हालको अफगानिस्तानको घटनासँग जोडेर भारतीय नागरिकको उद्धारको तस्बिर भनी गरिएको दाबी गलत ठहर्छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ७ : ११ बजे

कल सेन्टरमा मतदाता सोध्छन्- राष्ट्रिय परिचयपत्रबाट भोट हाल्न पाइन्छ ?

काठमाडौं- के तपाईंसँग मतदाता परिचयपत्र बनाउने, मतदान क्षेत्र परिवर्तन गर्ने,

एचपीभी खोप लगाउँदा प्रभावकारी

तनहुँ– तनहुँ जिल्लामा पाठेघरको मुखको क्यान्सर रोगविरुद्ध एचपीभी खोप अभियानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

दाङ– घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई

पौवादुङमाका ४७५ आँखा रोगीले गाउँघरमै पाए सेवा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन गरिएको आँखा शिविरबाट ४७५ जनाले

२५ वर्षमा २६ लाख पर्यटकले घुमे अन्नपूर्ण क्षेत्र

गण्डकी– पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५