माधव नेपालले भने : अहिले नयाँ पार्टी खोलौँ, ओली सुध्रिए चुनावमा सहकार्य गरौँला « Khabarhub

माधव नेपालले भने : अहिले नयाँ पार्टी खोलौँ, ओली सुध्रिए चुनावमा सहकार्य गरौँला


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दल विभाजनका लागि सरकारले अध्यादेश जारी गर्ने निर्णय गरेपछि नेकपा एमाले नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टी खोल्ने तयारी थालेको छ ।

आफू निकट जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै नेता नेपालले अब नयाँ अभ्यासमा जाने उद्घोष गरेका हुन् । उनले एजेण्डा मिल्नेहरूसँग एकताको ढोका भने सधैं खुल्ला राख्ने उल्लेख गरेका थिए ।

‘हामीले फेरि नयाँ पार्टी खोलिहाल्यौंं भने एकताको ढोका खुल्ला हुनेछ,’ नेता नेपालले भेलालाई सम्बोधन गर्दै भने, ‘तीन महिना एक वर्षपछि भेट पनि हुन सक्छ ।’

सम्बोधनकै क्रममा उनले पार्टी विभाजनका लागि अध्यक्ष केपी ओली नै उद्दत भएको आरोप लगाए ।

‘उहाँ पार्टी विभाजनका लागि उद्दत हुनुभएको छ, उहाँले नै एकताको ढोका बन्द गर्नुभो,’ नेपालले भने ।

उनले अब आफूहरु पार्टीलाई पुनर्गठन गर्नुपर्ने अवस्थामा पुगेको बताए । क्रान्तिकारी पार्टीमा रुपान्तरण गरिने बताउँदै उनले भने, ‘आन्दोलनको झण्डा बुलन्द गरिनेछ । नेपाली जनताको प्यारो शक्तिका रुपमा बनाइने छ ।’

उनले तत्काल अरु पार्टीसँग एकताको सम्भावना नरहेको बताए ।  उनले भने, ‘अरु पार्टीसँग एकताको सम्भावना छैन, सहकार्य हुनसक्छ । कारबाहीबाट हामी विचलित हुने छैनौँ ।’

केपी ओलीले आत्मालोचना गरेर, गल्ति स्वीकारेर आए एकताका लागि कहिल्यै पनि ढोका बन्द नहुने उनले बताए । अब हुने एकता ‘सही विचारमा आधारित एकता’ हुने उनको भनाइ छ ।

उनले चुनावमा सिटको तालमेल गरेर जान सकिने र चुनाव पछि पनि भेट हुने सम्भावना भने रहेको समेत बताए । हाललाई पार्टीबाट अलग भएर तत्काल अन्य दलमा आवद्ध नहुने उनको भनाइ थियो ।

उनले देशव्यापी रुपमा संगठन विस्तारका लागि सक्रिय हुन निर्देशन दिए ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ६ : ४९ बजे

मुगुको कार्मारोङमा पहिरो : तीन वर्षीय बालकको मृत्यु

मुगु– मुगुको कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा गएको पहिरोमा परी एक

धर्मेन्द्र प्रधानको राजीनामालाई सोनम वाङ्चुकले भने- लोकतन्त्रको जित

काठमाडौं- सामाजिक अभियान्ता सोनम वाङचुकले भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

डा. केसीको उपचारमा स्वास्थ्यमन्त्रीको चासो, व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन

काठमाडौं– २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल

धर्मेन्द्रको राजीनामापछि जन्तर मन्तरमा उत्साह, कक्रोच नेताले के भने ?

नयाँ दिल्ली– भारतीय ​शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामालाई लिएर कक्रोच

चुच्चे नक्सासहित नयाँ सिक्काको डिजाइन तयार

काठमाडौं– सरकारले एक रुपैयाँको नयाँ सिक्कामा नेपालको चुच्चे नक्सासहितको डिजाइन तयार