‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौँ’ अभियान सञ्चालन गरिँदै « Khabarhub

‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौँ’ अभियान सञ्चालन गरिँदै


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बिजुलीको आन्तरिक खपत बढाउने ध्येयका साथ सरकारले ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौँ’ नाराका साथ प्रवर्द्धनात्मक योजना अगाडि सारेको छ ।

देशभित्रै बिजुली खपत बढाउने र समृद्धिको लक्ष्यलाई साकार पार्ने योजनाका साथ उक्त कार्यक्रम अगाडि बढाउन लागिएको हो ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बिजुलीसमेत राष्ट्रिय प्रणालीमा जोडिएपछि देशभित्र कूल जडित क्षमता दुई हजार मेगावाटको हाराहारीमा पुगेको छ ।

प्रणालीमा हाल एक हजार ५०० मेगावाट बराबरको बिजुली माग छ । बढी बिजुली माग हुने साँझ बिहानको समयमा बिजुलीको माग बढी भए पनि रातको समयमा कम माग हुने गरेको छ । सरकारको योजनाअनुसार चालु आवको अन्त्यसम्म प्रणालीमा सरकारी तथा निजी क्षेत्रका आयोजनाबाट कूल एक हजार ६२९ मेगावाट बिजुली जोडिने प्रक्षेपण छ ।

त्यसमा सरकारी लगानीका माथिल्लो तामाकोशीसहित, रसुवागढी १११, साञ्जेन र माथिल्लो साञ्जेन ५६, मध्यभोटेकोशीको १०२ मेगावाट बिजुली थप हुनेछ । यस्तै निजी क्षेत्रका आयोजनाले एक हजार ५५ मेगावाट थप हुनेछ । त्यसो हुँदा प्रणालीमा झण्डै तीन हजार ५०० मेगावाट भन्दा बढी बिजुली उपलब्ध हुने अवस्था छ ।

महँगो मूल्य तिरेर वा सरकारले अनुदान दिएर खरिद गरिएको एलपीजी ग्यासको तुलनामा स्वदेशको बिजुली प्रयोग सस्तो एवं भरपर्दो हुने र आन्तरिक अर्थतन्त्रलाई बढावा दिने लक्ष्यका साथ ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौँ’ योजना अगाडि सारिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको भनाइ छ ।

त्यसका लागि प्राधिकरणको विद्यमान प्रणालीमा थप सुधार गर्नेदेखि घरघरमा जडान गरिएको फ्यूज तथा भोल्टेजको समेत व्यवस्थापन गर्नु जरुरी छ । मन्त्री भुसालका अनुसार आगामी दिनमा वर्षायामको विद्युत् खेर जान सक्ने अवस्थालाई मध्यनजर गरी आन्तरिक खपत बढाउने कार्य योजनालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ ।

प्राधिकरण सञ्चालक समिति अध्यक्षसमेत रहेकी भुसालले भनिन, “आन्तरिक खपत बढाउन यसलाई मध्यनजर गरी वर्षायाम र सुक्खायामको लागि फरक फरक विद्युत् महसुल निर्धारण गर्ने र धेरै विद्युत् खपत गर्ने ग्राहकलाई महसुलमा सुविधा दिने निर्णय भइसकेको छ ।” साथै आन्तरिक खपतपश्चात् बढी भएको विद्युत् छिमेकी देशहरुमा निर्यात गर्ने प्रबन्ध मिलाउने सरकारको तयारी छ ।

अबको दुई वर्षमा देशलाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्यलाई सकेसम्म समयअगावै सम्पन्न गर्न कार्ययोजनासहित लाग्न प्राधिकरणलाई निर्देशन दिँदै भुसालले ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौँ’ भन्ने नाराका साथ विद्युतीय चुलोको प्रयोग बढाउँदै लाने योजनालाई सहयोग गर्न आग्रह गरिन्।

“यो योजनाबाट ग्यास खरिद बापत विदेशिने पुँजी नेपालमै बस्छ भने अर्कातिर ग्राहकले सस्तोमा विद्युत्को उपभोग गर्न पाउँछन् भने खपत बढ्ने र निकट भविष्यमा खेर जान सक्ने विद्युत्को उपयोग हुनेछ र प्राधिकरणको आम्दानीसमेत बढ्ने छ”, उनले भनिन ।

यस्तै, देशभित्र बिजुलीको खपत बढाउने र कृषिउपजको उत्पादन बढाउने लक्ष्यका साथ सिँचाइमा प्रयोग हुने बिजुलीको महसुलमा सहुलियत दिने तयारी गरिएको छ ।

“नहर तथा कुलोबाट सिँचाइ हुन नसक्ने कृषियोग्य जमिनमा सिँचाइ फिडर जडान गर्दै कृषि विद्युतीकरण गर्ने र सिँचाइमा प्रयोग हुने विद्युत् सहुलियत दरमा उपलब्ध गराउने मेरो प्राथमिकता रहेको छ”, उनले भनिन् । ।

‘नेपालको पानी जनताको लगानी’ कायक्रमअन्तर्गत जनताको लगानीमा अप्पर अरुण १०६० मेगावाट, चैनपुर सेती ४१० मेगावाट, तामाकोशी पाँचौँ १०० मेगावाटको आयोजनाको निर्माणलाई अघि बढाउने साथै कर्मचारीको लगानीमा अप्पर मोदी ६० मेगावाटको आयोजनालाई निर्माणमा लैजाने सरकारको योजना रहेको उनले जानकारी दिइन् ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  १० : ४५ बजे

२९ देशहरूद्वारा विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर

साङ्घाई– विश्वका २९ वटा देशहरूले साङ्घाईमा विश्व कृत्रिम बुद्धिमत्ता (एआई)

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर,

सोलुखुम्बु– जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले अब

ओलीको गुनासो : एमालेलाई अझै एक्ल्याउन खोजिँदैछ, सरकार गोयबल्स शैलीमा अघि बढ्यो

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वालेन्द्र

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान– सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई

ओलीको टिप्पणी : सरकार फासीवादको बाटोमा जाँदैछ, देश निसास्सिएर ऐठनको अवस्थामा छ

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार