देशभक्तिको सवालमा प्रदेश-२ बलियो छ : राजेश अहिराज « Khabarhub

देशभक्तिको सवालमा प्रदेश-२ बलियो छ : राजेश अहिराज


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश-२ प्रदेश प्रमुखबाट पदमुक्त भएका राजेश झा अहिराजले देशभक्तिको सवालमा प्रदेश-२ बलियो रहेको बताएका छन् ।

पदमुक्त भएपछि मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले प्रदेश-२ का नागरिकको सरकारमाथिको विश्वास र नेपाली हुनुमा गर्वको अनुभूति गराउन भने विशेष पहलकदमीको खाँचो रहेको बताए ।

‘देशभक्तिको सवालमा प्रदेश-२ बलियो रहेको छ । जनघनत्वको आधारमा भौगोलिक समावेशीकरण र संरचनागत रंगभेदको सवालमा प्रदेश सरकार बेलैमा गम्भीर हुन जरूरी छु’ उनले भनेका छन् ।

यस्तो छ विज्ञप्ति

मिति : २०७८ भाद्र १ गते मंगलबार
आभार व्यक्त ।

नेपाल सरकारको मन्त्रिपरिषद्को २०७७ फागुन ७ गते शुक्रबारको निर्णयबाट प्रदेश नं. २ को प्रदेश प्रमुखको रूपमा नियुक्त भई ‘शिरमा देश, मनमा मधेश’ को मूल उद्देश्यसहित आज मंगलबारसम्म १८० दिन अर्थात् ५ महिना २४ दिन आफ्नो मातृभूमि र जनताका लागि कार्य गर्ने र संविधान प्रदत्त व्यवस्था लागू गर्ने गराउने अवसर पाएँ ।

यो अवधिमा मैले प्रदेश–२ का आठवटै जिल्लाको अवलोकन, भ्रमण र जनताको बीचमा गई प्रदेश प्रमुखको भूमिकामा अवस्था र व्यवस्था नजिकबाट बुझ्ने मौका पाएँ ।

अभाव, अपराध र अतिवादको चपेटामा पर्दै गएको प्रदेश २ मा आमनागरिकहरूको सरकारमाथिको विश्वास र नेपाली हुनुमा गर्वको अनुभूति गराउन विशेष पहलकदमीको खाँचो छ । सीमा सुरक्षा, देशभक्ति, नागरिकता र भ्रष्टाचार जस्ता विषय सम्झौताका विषय होइनन् भन्ने कुरा प्रत्येक नागरिक र सरोकारवालालाई प्रष्ट्याउँदै जान जरूरी छ । देशभक्तिको सवालमा प्रदेश २ बलियो रहेको छ । जनघनत्वको आधारमा भौगोलिक समावेशीकरण र संरचनागत रंगभेदको सवालमा प्रदेश सरकार बेलैमा गम्भीर हुन जरूरी छ । विभेदको विरूद्धमा लड्नेहरूले विभेदलाई नै निरन्तरता दिनु चिन्ताको विषय हो ।

प्रदेश प्रमुखको पद कुनै दलको हुँदैन, समग्र देशको हुन्छ । यसलाई दलीयताभन्दा पनि समभावमा आधारित समग्र राष्ट्रको हितलाई केन्द्रबिन्दूमा राखेर मैले आफ्नो कार्य सम्पादन गरें । निजामती कर्मचारीहरूको कार्यशैली र क्षमतामाथि अविश्वास गर्नुपर्ने कुनै पनि कारण नरहेकोले मैले मैले निजी सचिवालय राखिनँ ।

राज्यमा नियुक्त भएका प्रतिनिधिहरूले निजी सचिवालय राखिराख्दा राष्ट्रसेवक निजामती कर्मचारीहरूको मनोवलमा ह्रास आउने भएकोले राज्यकै अंग (निजामती) माथि विश्वास गर्नुपर्छ । निजामतीको विकल्पमा वा निजामतीलाई मानमर्दन गर्ने गरी गठन गरिने निजी सचिवालय सैद्धान्तिक रूपमा राज्यकै दोहन हो । राज्यकै अंग (निजामती)माथि विश्वास गरेर काम गर्दा पनि अब्बल काम गर्न सकिने कुरा प्रदेश नं. २ का प्रदेश प्रमुख कार्यालयका सम्पूर्ण कर्मचारीहरूले साबित गर्न सफल भएकाले हरेक कर्मचारीहरूलाई विशेष धन्यवाद दिन्छु ।
यसैगरी, प्रदेश नं. २ को प्रदेश प्रमुखको रूपमा नियुक्त हुनुभएका माननीय श्री हरिशंकर मिश्रको पूर्ण कार्यकालको सफलताका लागि शुभकामनासमेत व्यक्त गर्दछु ।

अन्त्यमा, मलाई प्रदेश प्रमुख जस्तो सम्मानित पदमा नियुक्त गर्नु हुने सम्माननीय राष्ट्रपतिज्यू, नियुक्तिका लागि सिफारिश गर्नुहुने तत्कालीन सम्माननीय प्रधानमन्त्रीज्यू तथा नेपाल सरकारप्रति म हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछु । साथै प्रदेश प्रमुखको रूपमा कार्य गर्दा सहयोग गर्नुहुने प्रदेश नं. २ का प्रदेश सरकार, प्रदेशसभा सदस्य, प्रदेश प्रमुख कार्यालयका सम्पूर्ण कर्मचारी, अन्य निजामती कर्मचारीहरू, सञ्चारकर्मी मित्रहरू, सुरक्षाकर्मीहरू, नागरिक समाज तथा समस्त प्रदेशवासीहरूमा म हार्दिक धन्यवाद व्यक्त गर्दछु । सवल, सुन्दर, समृद्ध र साझा प्रदेश निर्माणमा मेरो भूमिका सदैव रहिरहनेछ । पदमुक्त भएपश्चात् पदीय हैसियतले प्राप्त हुने राज्यको कुनै सुविधा नलिने घोषणासमेत गर्दछु । देशमा शान्ति सुरक्षाको अवस्था गम्भीर रहेको र मेरो निजी सुरक्षाभन्दा पनि जनताको सुरक्षा प्राथमिकतामा रहेकोले नेपाल सरकारद्वारा प्राप्त निजी सुरक्षाकर्मी आजकै मितिबाट फिर्ता पठाउने घोषणासमेत गर्दछु ।

………………
डा.राजेश अहिराज

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ७ : ४४ बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ