विश्वकप क्रिकेट लिग–२ : नेपालले आज अमरिकासँग खेल्दै « Khabarhub

विश्वकप क्रिकेट लिग–२ : नेपालले आज अमरिकासँग खेल्दै


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।

अल अमिरात क्रिकेट मैदानमा हुने खेल दिउँसो ४:१५ बजे शुरु हुनेछ । अमेरिकाविरुद्धको पहिलो खेलमा पाँच विकेटले जित हात पारेको नेपाल आज पनि विजयी लक्ष्यका साथ मैदानमा उत्रिनेछ ।

पहिलो खेलमा अमेरिकालाई पराजित गरे पनि दोस्रो खेलमा नेपाल ओमानसँग पाँच विकेटले नै पराजित भएको थियो । ओमानसँग पराजित भए पनि अमेरिकाविरुद्धको खेलमा नेपाल उच्च मनोबलसहित मैदानमा उत्रिनेछ ।

यस्तै अमेरिकाले बिहीबार भएको खेलमा ओमानसँग ४ विकेटको हार व्यहोरेको थियो । लिग-२ मा नेपाल ६ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा छ । अमेरिका १४ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

सात टोली रहेको लिग-२ मा एक टोलीले ९ सिरिजसहित कुल ३६ खेल खेल्ने छन् । लिग-२ को शीर्ष तीन राष्ट्रले २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ६ : ४१ बजे

ओलीको उद्घोष : पार्टीलाई एकताबद्ध गरेर निर्णायक राष्ट्रिय शक्ति बनाउँछु

काठमाडौं- नेकपा एमालेका तेस्रो कार्यकाल अध्यक्ष भएका केपी शर्मा ओली

चलचित्र ‘कुमारी’को ‘तिमी बिना’ सार्वजनिक

काठमाडौं – माघ २३ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘कुमारी’को

वीरेन्द्रनगरकी मेयर ढकाल दोस्रोपटक केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट कर्णाली प्रदेशको राजधानी

रवि छुट्ने भएपछि नख्खु कारागारमा कार्यकर्ताको भीड (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले रिहा गर्ने

शपथलगत्तै एमालेले बोलायो पहिलो केन्द्रीय कमिटी बैठक

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक