भुलेर पनि खाली पेटमा नखानुहोस् यी खानेकुरा | Khabarhub Khabarhub

भुलेर पनि खाली पेटमा नखानुहोस् यी खानेकुरा


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जानअन्जानमा मानिसहरु बिहान उठ्ने बित्तिकै विभिन्न प्रकारका खानेकुरा खान्छन् । जसका कारण मानिस बिरामी  पर्न सक्ने खतरा बढ्न सक्छ ।

सुतेर उठ्दा शरिरमा एसिडको मात्रा धेरै हुने गर्दछ । यस्तोमा एसिडको स्तर बढाउने खानेकुरा खादाँ यसले एसिडिटीजस्ता विभिन्न स्वास्थ्य समस्या निम्त्याउने गर्दछ । यस्तोमा बिहान खाली पेटमा के खाने के नखाने त ?

– केरामा क्याल्सियम, म्याग्नेसियम हुन्छ । त्यसैले खाली पेटमा केरा खाँदा क्याल्सियम, म्याग्नेसियमको ब्यालेन्स बिग्रने भएकाले एसिडिछी हुनसक्छ ।

– चियामा एसिडको मात्रा धेरै हुन्छ । त्यसैले बिहान खाली पेटमा चिया खाँदा पेट पोल्ने र दुख्ने लगायतका समस्या हुने गर्दछ ।

– दहीमा पाइने प्रोबायोटिक ब्याक्टेरिया खाली पेटको एसिडको स्तरलाई बढाउने गर्दछ । खाली पेटमा दहीका सेवन गर्दा पेट पोल्ने समस्या हुने गर्दछ ।

– दुधमा पाइने स्याचुरेटेड फ्याट, प्रोटिनले पेटको मांसपेशीलाई कमजोर बनाउने गर्दछ । यसले अपच हुने र खकारको समस्या निम्त्याउने गर्दछ ।

– गुलियो खानेकुरा, मिठाई वा हलुवाजस्ता खानेकुरा खाली पेटमा खाँदा रगतमा चीनिको मात्रा बढ्नेछ । यसले आँखाको समस्या निम्त्याउने गर्दछ ।

– शखरखण्डमा टोनिक र प्याक्टिन हुन्छ जुन खाली पेटमा खादाँ पच्दैन । यसले छाती पोल्ने समस्या निम्तिन सक्छ ।

– हुनत अहिले आँपको सिजन सकियो तर शरिरमा गर्मी पैदा गराउँने क्षमता भएकाले बिहानको खाली पेटमा आँप खादाँ एसिडको स्तरमा वृद्धि हुन्छ र एसिडिटी बढ्नेछ ।

– सुन्तलामा अर्गानिक एसिड हुन्छ । त्यसैले एसिड धेरै बन्ने गर्दछ । यदि खाली पेटमा सुन्तला खाएमा एसिडको मात्रा बढ्दछ ।

– कोल्ड ड्रिङ्क्समा कार्बोनेट एसिड हुन्छ । यसलाई खाली पेटमा खाँदा बान्ता हुनसक्छ ।

– खरबुजामा आइरन, पोटासियम हुन्छ जो खाली पेटमा खाँदा एसिटिडी हुनसक्छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ७ : २३ बजे

खोटाङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

खोटाङ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खोटाङले

नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख

कीर्तिपुर– जेन-जी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी

सिरहामा क्षति भएका प्रहरी युनिट पुनः स्थापना

सिरहा– जेन-जी पुस्ताको प्रदर्शनका क्रममा क्षति भएका यहाँका प्रहरी युनिट

पोखरा महानगरले भोलिदेखि सेवा सञ्चालनमा ल्याउँदै

गण्डकी– जेन-जी प्रदर्शनका क्रममा पोखरा महानगरपालिकाका अधिकांश कार्यालयका भवन क्षतिग्रस्त

कैलालीमा २२६ कैदीबन्दी कारागार फर्किए

अत्तरिया– कैलाली कारागारबाट भागेका २२६ जना कैदीबन्दी कारागार फर्किएका छन्