चीनबाट फर्केका एमबीसीएस विद्यार्थीलाई इन्टर्नसिप गर्न दिइने « Khabarhub

चीनबाट फर्केका एमबीसीएस विद्यार्थीलाई इन्टर्नसिप गर्न दिइने

अस्पताल खोज्ने जिम्मा विद्यार्थीकै


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनका विभिन्न विश्वविद्यालयबाट सन् २०१४ मा एमबीबीएस उतीर्ण गरेका तर कोरोना महामारीका कारण नेपाल आएर इन्र्टनसिप गर्न नपाएका विद्यार्थीले अब नेपालमै इन्टर्नसिप गर्न पाउने भएका छन् ।

पटक पटक नेपालमा इन्टर्नसिप गर्न पाउनुपर्ने माग राख्दै आन्दोलनमा उर्तिएका विद्यार्थीहरुले पुनःबिहीबार माइतघर मण्डलामा विरोध प्रर्दशन गरेका थिए । आन्दोलनपछि नेपाल मेडिकल काउन्सिलले अबको केही दिनभित्र विद्यार्थीलाई इन्टर्नसिपको अनुमति दिने जनाएको छ।

काउन्सिलले बिहीबार नै विद्यार्थीहरुलाई इन्टर्नसिप गर्न दिने भन्दै इमेल पठाएको एक विद्यार्थीले बताए ।

काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीले विद्यार्थीहरुलाई इन्टर्नसिप गर्नका लागि आवश्यक कागजात लिएर काउन्सिलमा आउन आग्रह गरेको बताए ।

चीनका विश्वविद्यालयमा सन् २०१४ मा एमबीबीएस अध्ययन गरी उतीर्ण गरेका विद्यार्थीहरुको व्याजलाई अहिले इन्टर्नसिप गर्न दिने र सन् २०१५ र ०१६ को व्याजका विद्यार्थीबारे निर्णय गरिने उनले बताए ।

इन्टर्नसिपका लागि विद्यार्थीहरुले शिक्षण अस्पताल भने आफैँ खोज्नुपर्ने रजिष्ट्रार अधिकारीले बताए ।

उनका अनुसार १०० बेड क्षमताको अस्पताल र एउटा विभागका कम्तिमा तीन जना शिक्षक भएको जुनसुकै अस्पतालमा विद्यार्थीले इन्र्टनसिप गर्न सक्ने उनको भनाइ छ ।

उनले भने, ‘विद्यार्थीहरुलाई सरकारी, निजी वा मेडिकल कलेजमा भए पनि इन्टर्नसिप गर्न दिइने छ तर शिक्षण संस्थाहरुले काउन्सिलले तोके बमोजिमको मापदण्ड पूरा गरेको हुनपर्ने छ ।’

विद्यार्थीले इन्टर्नसिप गरेबापत अस्पताल तथा मेडिकल कलेजहरुले शुल्क लिन नपाइने उनले बताए । शुल्क लिएको थाहा पाइएमा कानून अनुसार कारबाही हुने समेत उनको भनाइ छ ।

चिकित्सा शिक्षा आयोगले यसअघि नै उनीहरुलाई इन्टर्नसिप गराउनका लागि आवेदन माग गरिसकेको छ ।

आयोगले गत असार २४ गते एक सूचना जारी गरेर विदेशमा एमबीबीएम उतीर्ण गरेका तर कोरोना महामारीका कारण इन्टर्नसिप गर्न नपाएका विद्यार्थीहरुलाई एक पटकका लागि नेपालमै इन्टर्नसिपको बाँकी अवधी पूरा गर्न दिने बताउँदै इच्छुक विद्यार्थीलाई आवेदन दिन आयोगले आग्रह गरेको थियो । तर काउन्सिलल अनुमति नदिएकाले उनीहरुले इन्टर्नसिप गर्न पाएका थिएनन् ।

सन् २०१५ र ०१६ ब्याजका विद्यार्थीहरुको भविष्य अझै अन्योलमा

कोरोना महामारीकै समयमा चीनबाट नेपाल आएका सन् २०१५ र २०१६ ब्याजका एमबीबीएस उतीर्ण विद्यार्थीहरुको भविष्य अझै अन्योलमा रहेको छ ।

उनीहरुले नेपाल सरकारले कि नेपालमै इन्र्टनसिप गर्न दिनुपर्ने कि चीन जाने वातावरण बनाइदिनुपर्ने माग राख्दै आएका छन् ।

न् २०१४ ब्याजका विद्यार्थीहरुको समस्या लगभग समाधान हुने चरणमा रहे पनि सन् २०१५ र २०१६ ब्याजका विद्यार्थीहरु विषयमा कुनै टुङ्गो लागेको छैन ।

यी विद्यार्थीहरु पनि चीनकै विविन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी हुन । सन् २०१५ ब्याजका एक विद्यार्थीका अनुसार नेपाल सरकार आफूले केही गर्न नसक्ने भन्दै पन्छिएको छ भने चीन सरकार पनि विद्यार्थीको भविष्यप्रति उदाशीन देखिएको छ ।

उनले भने, ‘हामीले चिनियाँ दुतावास गएर इन्टर्नसिप गर्ने वातावरण मिलाइदिन चीन सरकार र विश्वविद्यालयलाई चार पटक पत्र लेखिसक्यौँ तर चीन सरकारको तर्फबाट कुनै जवाफ आएको छैन ।’

नेपाल सरकारले विद्यार्थीको भविष्यलाई हेरेर चीन सरकारसँग पहल गर्नुपर्ने भए पनि त्यस्तो नगरेको उनको आरोप छ । यी दुई ब्याजका करिब ३ सय विद्यार्थीहरुको भविष्य अन्योलमा छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  १ : ०१ बजे

तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो

जानकी मन्दिर विवादबारे हर्कले भने, ‘म बाटैमा थिएँ, श्रमदातालाई अपमान गरेछन्’

काठमाडौं- जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा श्रम संस्कृति पार्टीका नेता-कार्यकर्ता र

पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी

बागमती– जिल्लाको मकवानपुरगढी गाउँपालिकाले घरबास, कृषि पर्यटन र सांस्कृतिक पर्यटनलाई

अमेरिकाले स्वीकार्‍यो : इरानी आक्रमणमा कम्तीमा १०० सैनिक घाइते

तेहरान- अमेरिकाले इरानको जवाफी आक्रमणमा आफ्ना करिब १०० सैनिक घाइते