चोरीका मोटरसाईकल सहित ३ जना पक्राउ « Khabarhub

चोरीका मोटरसाईकल सहित ३ जना पक्राउ


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौँस्थित थलीबाट चोरीका मोटरसाइकल सहित ३ जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले वागमती प्रदेश ०२–०१५ प ६१७२ नम्बरको २२० सिसिको कालो निलो पल्सरसहित तीन जनालाई पक्राउ गरेको हो ।

सिन्धुपाल्चोक पाँचपोखरी थामपालका बिजय धिताललाई कागेश्वरी–मनहरा वडा नं ५ स्थित थलीबाट नियन्त्रणमा लिएको जानकारी ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले दिए ।

उनले उक्त मोटरसाइकल धनी खोटाङ्ग घर भई काँडाघारी बस्ने संजीब राईले गएको भदौ ३१ गते पार्किङ्ग गरिरहेको स्थल लभडाँडा काँडाघारीबाट हराएको जानकारी दिएका थिए । सोही सुचनाको आधारमा खोजतलास गर्दै जाँदा उक्त स्कुटर फेला परेको एसएसपी भट्टराईले बताए।

पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान गर्ने क्रममा जिल्ला सिन्धुपाल्चोक मेलम्ची घर भई साँखु बस्ने बर्ष २६ को जीत बहादुर र २४ वर्षीय बिष्णु तामाङ्गको पनि संलग्नता खुलेको ट्राफिक प्रहरीले जनाएको छ । उनीहरुले अर्को मोटरसाइकल पनि चोरीको गरेको खुलेको छ ।

उनीहरुको साथबाट कोटेश्वरबाट हराएको निलो रङ्गको २२० सिसिको पल्सर पनि फेला परेको छ । तारकेश्वर बस्ने सुमन धितालको प्रदेश ३–०२–००१प ७२८६ नम्बरको उक्त मोटरसाइकलमा नम्बर परिवर्तन गरि प्रदेश ३–०२–००७ प ८४९४ भएको अबस्थामा पक्राउ गगरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका जीत बहादुर र बिष्णु दाजुभाई रहेको समेत अनुसन्धानबाट खुल्न आएको ट्राफिक महाशाखाले जनाएको छ ।

यसैबीच महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका बिभिन्न स्थानहरुबाट हराएका २४ मोटरसाइकलहरू फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । हस्तान्तरण गरिएका २४ मध्ये २० वटा मोटरसाइकल र ४ वटा स्कुटर रहेका छन् ।

मोटरसाइकल हस्तान्तरण कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले बिशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको बताए ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ३ : ५० बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग