नेपालको खराब ब्याटिङ, प्रमुख तीन ब्याट्सम्यान आउट « Khabarhub

नेपालको खराब ब्याटिङ, प्रमुख तीन ब्याट्सम्यान आउट


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत शुक्रबार जारी अमेरिकाविरुद्धको खेलमा नेपालले खराब ब्याटिङ गरेको छ । ओमानको अल अमिरात मैदानमा नेपालले टस हारेपछि पहिला ब्याटिङको निम्तो पाएको थियो ।

टिमको स्कोरमा ५ रन हुँदा शून्यमा इनफर्म ब्याट्सम्यान आसिफ शेखका रुपमा नेपालले पहिलो विकेट गुमाएको थियो । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर कुशल भुर्तेलबीच ५१ रनको साझेदारी भयो । भुर्तेल ३६ रन बनाएर ५६ को स्कोरमा आउट भए ।

भुर्तेलपछि मैदानमा आएका अर्का इन्फर्म ब्याट्सम्यान रोहित पौडेल पनि २ रन बनाएर टिमको स्कोर ६३ रन हुँदा आउट भए । कप्तान ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारी अहिले क्रिजमा छन् । ओमान भ्रमणमा सफल रहेका पौडेल, भुर्तेल र शेख आउट भएसँगै नेपालको ब्याटिङ संघर्षपूर्ण देखिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ५ : २५ बजे

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

काठमाडौं – नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा

तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत

तनहुँ – यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल