हुम्लामा चीनले सीमा मिचेको भन्दै लोकतान्त्रिक युवा संघद्वारा विरोध प्रदर्शन (फोटोफिचर) « Khabarhub

हुम्लामा चीनले सीमा मिचेको भन्दै लोकतान्त्रिक युवा संघद्वारा विरोध प्रदर्शन (फोटोफिचर)


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक युवा संघले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।

हुम्लामा चीनले नेपाली सीमामा अतिक्रमण गरेको भन्दै सांकितिक रुपमा विरोध गरिएको संघले जनाएको छ । प्रदर्शनमा उत्रिएकाहरुले नेपालको सीमा रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रदर्शनमा उत्रिएकाहरुले चीनद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता गर, हुम्ला जिल्लामा रहेको १२ नम्बर  पिलर सार्न पाइँदैन लगायतका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

संघका अध्यक्ष रञ्जित कुमार सिंहले चीनले नेपाली भूमि अतिक्रमण गर्दा पनि सरकार मौन रहेको भन्दै खबरदारी गरिएको बताए ।

संघले नेपालको स‍ीमा रक्षाका लागि निरन्तर खवरदारी गर्ने जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ७ : २१ बजे

जसपा नेपाल र लोसपाबीच एकता हुने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

चन्दा सङ्कलन गरी ३३ फिट अग्लो शिव मूर्ति निर्माण हुँदै

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय चन्दा सङ्कलन गरी

एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते

हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम

चितवन – सौराहामा सम्पन्न १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर