नेपालद्वारा अमेरिकालाई १ सय ७५ रनको लक्ष्य « Khabarhub

नेपालद्वारा अमेरिकालाई १ सय ७५ रनको लक्ष्य


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अमेरिकालाई जितका लागि १ सय ७५ रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमिरात मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ओभरमा अलआउट हुँदै १७४ रन बनायो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५५ रन बनाए । ओमान भ्रमणमा उनको यो पहिलो अर्धशतक हो । जारी प्रतियोगितामा अर्धशतक बनाउने उनी तेस्रो नेपाली ब्याट्सम्यान हुन् । यसअघि कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक बनाएका थिए ।

एक खेलाडी परिवर्तन गरेर मैदानमा उत्रिएको नेपालले शुक्रबार अमेरिकाविरुद्ध विर्सनलायक ब्याटिङ गर्‍यो । ५ रनको स्कोरमा ओपनर आसिफ शेख ३ रनमा आउट भए भने रोहित पौडल मात्र २ रन पेवेलिएन फर्किए । यस्तै कुशल भुर्तेलले ३६ रन बनाउँदा बिनोद भण्डारीले १० रनको योगदान दिए ।

नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेका गुल्सन झाले २८ रनको योगदान दिए भने करण केसीले १२ रन बनाए । कुशल मल्ल शून्यमा आउट भए ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ७ : ४१ बजे

चुनावी घोषणापत्रमा शिक्षा : लगानी वृद्धि र नयाँ शिक्षा ऐन प्राथमिकतामा

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अधिकांश दलहरूले विगतमा झैँ

रौतहटको गौर–६ मा निषेधाज्ञा जारी, सभा–जुलुसमा रोक

रौतहट– जिल्ला प्रशासन कार्यालय रौतहटले गौर–६ क्षेत्रका केही स्थानमा निषेधाज्ञा

सप्तरीमा एमालेको झण्डा जलाएको घटनामा म्यादी प्रहरी पक्राउ 

सप्तरी– सप्तरी निर्वाचन क्षेत्र नम्बर-२ अन्तर्गत रहेका महदेवा गाउँपालिका-५ भगवतपुर

रौतहटमा दुई समुदायबीच झडप उग्र, दर्जनौँ सवारी साधनमा आगजनी

रौतहट– रौतहटको गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच सुरु

क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम

काठमाडौं– क्यानडाको ओटावास्थित नेपाली दूतावासले नेपाल पर्यटन बोर्डसँगको समन्वयमा टोरन्टोमा