बेनी-बगरफाँट-बरङ्जा सडकको स्तरोन्नति सुरु « Khabarhub

बेनी-बगरफाँट-बरङ्जा सडकको स्तरोन्नति सुरु


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी-जिल्लाको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा जोड्ने १० किलोमिटर कृषि सडकको स्तरोन्नतिको काम सुरुआत भएको छ ।

ट्रयाक खुलेको १५ वर्षपछि भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयको रु ४८ लाख ५० हजार र स्थानीय जनसहभागिताबाट रु चार लाख ९५ हजार गरी कूल रु ५३ लाखको लागतमा स्तरोन्नतिको काम सुरु गरिएको हो । विसं २०६३ मा यो सडकको ट्र्याक खुलेको थियो ।

त्यसैगरी हाँडेभिरदेखि बगरफाँटको बुद्ध एकेडेमीसम्म करिब दुई किलोमिटर क्षेत्रमा सडक कालोपत्र गर्नका लागि बाटो विस्तार र स्तरोन्नतिको काम पनि भइरहेको छ । जिसी निर्माण सेवाले निर्माणको जिम्मा लिएको सो सडकको स्तरोन्नति कार्य ढिला भएको भनी स्थानीयवासीले असन्तुष्टि जनाउँदै आएका थिए ।

सडक फराकिलो बनाउने, जमिनमा ढलान गर्ने र तीन ठाउँमा नयाँ ट्र्याक खोल्ने काम भएको उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए । उनका अनुसार सो सडक खण्डअन्तर्गत नयाँ पुलमा सय मिटर, बाहुनडाँडामा ६५० मी र थामडाँडामा सय मी नयाँ ट्र्याक खोलिएको छ ।

सडकको मापदण्डअनुसार नै निर्माण भएको यो सडक पश्चिम म्याग्दीको विकासका लागि कोशेढुङ्गा साबित हुने स्थानीयवासीले बताएका छन्। यो सडक बेनी नगरपालिका–२ बगरफाँट हुँदै पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष गुरुङले जानकारी दिए । सडकको स्तरोन्नति नहुँदा यस क्षेत्रका बासिन्दाले सास्ती खेप्दै आएका थिए ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ८ : ४० बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित