प्रभु शाह बारा पुगेपछि…. « Khabarhub

प्रभु शाह बारा पुगेपछि….


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– नेकपाको विभाजनपछि आफूलाई स्वतन्त्र बताउने गरेका नेता प्रभु साहले प्रदेश नम्बर २ सरकार विकास निर्माणमा असक्षम रहेको टिप्पणी गरेका छन् ।

बाराको सिम्रौनगढ र बेलहियामा शनिवार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रत्येक वर्ष प्रदेश दुईमा ४० अर्ब बजेट आइरहे पनि बजेटमा चरम भ्रष्टाचार भएको आरोपसमेत लगाए ।

हाल प्रहरीले तस्करीको मालसामान पक्राउ गर्दा पुरस्कार स्वरूप ३० देखि ४५ प्रतिशतसम्म कमिसन पाइरहेको भन्दै नेता साहले प्रहरीले पाउने कमिसनको व्यवस्था हटाउनुपर्ने बताए ।

कमिसनको लोभमा प्रहरीले जबरजस्ती तस्करीको सामान भनी गरिब नागरिकलाई दुःख दिने गरेको नेता साहको भनाई छ ।

आफ्नो दैनिकी चलाउन भारतीय बजारबाट किराना, कपडा, मल खाद्यलगायतका सामान खरिद गरी ल्याउनेहरूको सामानलाई बोर्डरमा नेपाली सुरक्षाकर्मीले अवैध भनी पक्राउ गरी अनावश्यक दु:ख दिने कार्य स्वीकार्य नभएको उनले चेतावनी दिए ।

हिन्दुहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा सिम्रौनगढ नगरपालिकास्थित नारिबास र प्रसौनी नगरपालिका बेलहयामा भएको अन्तरक्रिया कार्यक्रममा पनि नगरवासीको ठुलो सहभागिता रहेको थियो ।

त्यस क्रममा नेता साहलाई स्थानीयले क्षेत्र नं १ बाट चुनाव लड्नसमेत आग्रह गरेका थिए । बाराका क्षेत्र १ को जनता विकासबाट वञ्चित रहेको भन्दै नगरको समाजसेवी तथा युवा वर्गले त्यहाँको विकासको लागि जनप्रतिनिधि नेता साहलाई बनाउनुपर्ने बताएका थिए ।

 

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ८ : ५० बजे

दैनिक एक सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै

तनहुँ– मुग्लिन–पोखरा खण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी

निर्वाचन सफल गराउन सबैले सहयोग गर्नुपर्छ : चिरीबाबु महर्जन

काठमाडौं– ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले घोषित निर्वाचनलाई सफल गराउन

सुशासन र निर्वाचनमा केन्द्रित भएर सरकारले काम गरिरहेको छ :  प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र निर्वाचनमा केन्द्रित भएर सरकारले

तस्बिरमा हेर्नुहोस्, ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस

काठमाडौं– ललितपुर महानगरपालिकाले बुधबार आफ्नो १०७ औँ स्थापना दिवस मनाएको

कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु

एजेन्सी– कम्बोडियाले सिमा क्षेत्रमा भएको झडपमा कम्बोडियामा मृत्यु हुने नागरिकको