विद्युत प्राधिकरणका प्यानल बक्सले पैदल यात्रुलाई सास्ती | Khabarhub Khabarhub

विद्युत प्राधिकरणका प्यानल बक्सले पैदल यात्रुलाई सास्ती


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सडक पेटीमा नेपाल विद्युत प्राधिकरणले प्यानल बक्स राख्दा पैदल यात्रुले सास्ती बेहोरेका छन् । यसले यात्रुलाई जोखिम पनि बढाएको छ ।

विद्युत प्रसारण लाइनलाई भूमिगत गर्ने क्रममा राखिएका प्यानल बक्सले सडक पेटी छोपिँदा पैदल यात्रुहरुलाई सडकमा हिड्नुपर्ने बाध्यता छ । सकडबाट हिड्दा दुर्घटनाको जोखिम बढेको छ ।

काठमाडौँ उपत्यका भित्रका अधिकांश सडक पेटी आफैँमा साना छन् । त्यसमा पनि विभिन्न निकायका निर्माण सामग्री राख्दा सडक पेटी थप साघुरिँदै गएका छन् ।

विद्युत प्राधिकरणले धोबीखोला करिडोर क्षेत्रमा तार भूमिगत गर्दा राखिएका प्यानल बक्सहरुले अधिकांश स्थानमा सडक पेटीहरु पुरै छोपेका छन् । पहेँलो पुलदेखि अनामनगरसम्म करिब ३० ठाँउमा पैदल यात्रुहरु पेटीबाट झरेर सडकमा हिड्नुपर्ने अवस्था छ ।

त्यस्तै पानीपोखरीदेखि बुढानीलकण्ठसम्म राखिएका प्यानल बक्सले पनि त्यस क्षेत्रका सडक पेटीलाई साँघुरा बनाएका छन् । उक्त सडक क्षेत्रमा राखिएका प्यानल बक्सले पैदल यात्रुहरुलाई जोखिम बनाएको छ ।

प्यानल बक्स राखिएका अधिकांश स्थानमा दोहोरो रुपमा मानिस आवत जावत गर्न सक्ने अवस्था छैन । केही बक्स प्यानलले सकड पेटी पुरै छोपेको अवस्था छ ।

सडक पेटीमा बोटविरुवा, पोल, बक्स लगायत विभिन्न संरचना निर्माण गर्दा पैदल यात्रुलाई खुल्ला रुपमा पैदल यात्रा गर्न सक्ने अवस्था छैन । सडक पेटीमा निर्माण गरिएका यस्ता संरचनाले दृष्टिविहीन, शारीरिक रुपमा अशंक्त व्यक्तिलाई थप पीडा हुने गर्छ ।

यी प्यानल बक्स करिब ४० देखि ५० मिटरको दूरीमा राखिको छ । काठमाडौँ उपत्यका मध्य तथा उत्तरी विद्युत प्रसारण प्रणाली शुद्धीकरण आयोजना प्रमुख अभिषेक अधिकारीले सडक पेटी समान नहुँदा केही स्थानमा समस्या देखिएको बताए ।

उनका अनुसार सबै क्षेत्रका सकड पेटीहरु समान नहुँदा साना सकड पेटी भएका स्थानमा राखिएका प्यानल बक्सका कारण केही स्थानमा पैदल यात्रुहरु सडकमा ओर्लनुपर्ने बाध्यता सिर्जना भएको हो ।

उनले भने, ‘दुई मिटर सकड पेटी भएका स्थानमा खासै समस्या छैन तर दुई मिटर कम चौडा भएका सडक पेटीमा राखिएका प्यानल बक्सका कारण पनि पैदल यात्रुलाई समस्या भएको छ ।’

त्यस्तै रत्नपार्क विद्युत वितरण केन्द्र अन्तगर्तको विद्युत प्रसारण लाइन शुद्धीकरण आयोजना प्रमुख सुमन श्रेष्ठले पनि प्यानल बक्सले केही स्थानमा यात्रुलाई सडक पेटीमा हिड्न समस्या भएको स्वीकार गरे ।

केही स्थानमा बाध्य भएर पनि सडक पेटी छोपिने गरी प्यानल बक्स राख्नुपरेको उनको भनाइ छ । साना सडक पेटी हुँदा यो समस्या आएको उनले बताए ।

उनले भने, ‘सकेसम्म हामीहरु सडक पेटीलाई नछोप्ने गरी नै प्यानल बक्स राख्ने प्रयास गछौँ तर केही स्थानमा बाध्य भएर नै पेटी छोपिने गरी बक्स राख्नु परेको छ ।’

सडकमा अस्तव्यस्त र लथालिंग अवस्थाका बिजुलीका पोल र नांगा तार व्यवस्थित गर्ने योजनाका साथ नेपाल विद्युत प्राधिकरणले २०७६ साल फागुण ५ गतेबाट रत्नपार्कदेखि महाराजगञ्जसम्मको विद्युत प्रसारणलाई भूमिगत गर्ने कार्र्य सुरु गरेको छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगन्जबाट काठमाडौँको विद्युत् प्रणालीलाई भूमिगत गरी स्वचालित गराउने अभियान सुरु गरेका थिए ।

कोरोना महामारीका कारण काममा ढिलाई भएको भन्दै प्राधिकरणले तार भूमिगत गर्ने कामको अवधि थप गरेको छ ।
प्राधिकरणले भारतीय कम्पनी केइआइ इन्ड्रस्टीजसँग सम्झौता गरेर यो काम अघि बढाएको छ । यो काम सम्पन्न गर्न करिब ७ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । जम्मा ६ हजार प्यालन बक्स राख्नुपर्नेमा हालसम्म करिब २ हजार प्यानल बक्स राखिएको छ । काम सम्पन्न हुने अवधि करिब १५ महिना छ ।

प्यानल बक्सले मात्र नभएर सडक पेटीमा जथाभावी फालिएका निर्माण सामग्री र अव्यवस्थित रुपमा लगाइएका बोट विरुवाले सडक पेटी साँघुरा हुँदा यात्रुलाईए सास्ती छ ।

वडासँग समन्वय भएको छैन

तार भूमिगत आयोजना प्रमुखहरुले वडासँग समन्वय गरेर सडक पेटीमा प्यानल बक्स राखिएको बताए पनि सम्बन्धित वडाअध्यक्ष तथा सदस्यहरुले भने प्राधिकरणले आफुहरुसँग समन्वय नगरेको बताएका छन् ।

काठमाडौँ महानगरपालिका वडा नम्बर २९ का वडा सदस्य इन्द्र कर्माचार्यले प्राधिकरणलाई त्यसरी सडक पेटीमा प्यानल बक्स राख्न वडाले स्वीकृत नदिएको बताए । उनका अनुसार तार भूमिगत गर्ने भनेर स्वीकृत लिए पनि प्यानल बक्स कहाँ र कसरी राख्ने भन्ने विषयमा वडासँग समन्वय गरिएको छैन ।

उनले भने, ‘मैले पनि धेरै ठाँउमा पैदल यात्रुहरु सडकमा ओर्लिनुपर्ने गरी बक्सहरु राखिएको पाएको छु सम्बन्धित व्यक्तिलाई बोलाए उक्त विषयमा सोधपुछ गछौँ ।’

विद्युत प्राधिकरणले मात्र नभएर मेलम्ची खानेपानी आयोजनाले जथाभावी रुपमा सडक खान्ने गरेकाले पैदलयात्रुले सास्ती भोग्नु परेको उनले बताए । यी विषयमा महानरपालिकासँग छलफल गरेर आवश्यक निर्णय लिने उनले बताए ।

त्यस्तै ५ नम्बर वडाअध्यक्ष रमेश डंगोलले विवाद नआउने गरी काम गर्न बारम्बार सचेत गराए पनि प्रधिकरणले आफुखुशी गरेको बताए ।

आयोजना प्रमुखहरुसँग कुरा गर्दा सडक पेटीमा बक्स राख्नुको विकल्प नरहेको बताएकाले आफुहरुले पनि केही गर्न नसकेको उनले बताए । वडा नम्बर ३० का वडा अध्यक्ष भाइराम खड्कीले सडक पेटीमा बक्स राख्न वडाले अनुमति नदिएको बताए ।

पैदल यात्रुलाई असहज हुनेगरि काम नगर्न मौखिक सुझाव दिएपनि सम्बन्धित निकायले पालना नगरेको उनको भनाइ छ । उनका अनुसार प्राधिकरणलाई सडक पेटीमा प्यानल बक्स राखिएको सन्र्दभमा पत्रचार गर्ने निर्णय वडाले गरेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  २ : १६ बजे

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

युरोकप २०२४ : अष्ट्रिया अन्तिम १६ मा

काठमाडौं– युरोकप फुटबलमा अष्ट्रिया प्रि–क्वार्टरफाइनल (अन्तिम १६) मा प्रवेश गरेको

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असार १२ गते बुधबार सन्

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असार १२ गते बुधबार तदनुसार

आज २०८१ साल असार १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल असार १२ गते बुधबार तदनुसार